IME Life

पुनर्बीमा कम्पनी सहित निर्जीवन बीमा कम्पनीहरुको ६ महिनामा ६३ अर्ब ५३ करोडको लगानी, कसको कति?

SPIL
NIC ASIA

काठमाडौं । निर्जीवन बीमा कम्पनीहरु सहित नेपाल पुनर्बीमा कम्पनीले चालु आर्थिक बर्षको दोस्रो त्रैमाससम्ममा विभिन्न क्षेत्रमा ६३ अर्ब ५३ करोड रुपैयाँ लगानी गरेका छन् । दोस्रो त्रैमाशिक अवधिमा २० वटा निर्जीवन बीमा कम्पनीहरुले ४६ अर्ब ३३ करोड रुपैयाँ लगानी गरेका छन् भने नेपाल पुनर्बीमा कम्पनी एक्लैले १७ अर्ब १९ करोड रुपैयाँ लगानी गरेको छ।

बीमा समितिले लगानी निर्देशिका मार्फत लगानीको दायरा बढाउँदै लगे पनि कम्पनीहरुले अझै आफ्नो लगानीको क्षेत्र विस्तार गर्न सकेका छैनन्। बीमा समितिका अनुसार बीमा कम्पनीहरुले बैंकको मुद्दति निक्षेप, नेपाल सरकारको ऋणपत्र, घरजग्गा, सूचिकृत कम्पनीहरुको साधारण शेयर, बैंक तथा वित्तीय संस्थाहरुको अग्राधिकार तथा संस्थापक शेयर, कृषि, पर्यटन र जलस्रोत लगायतका पूर्वाधार क्षेत्र, नागरिक लगानी कोष तथा अन्य कोषमा लगानी गरेका छन् ।

Prabhu
Crest

समितिले उपलब्ध गराएको तथ्याङ्क अनुसार कम्पनीहरुले सर्वाधिक धेरै बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा लगानी गरेका छन्। चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा यस्तो रकम ५२ अर्ब ६२ करोड ५० लाख रुपैयाँ रहेको छ।

बीमा कम्पनीहरु बैंक तथा वित्तीय संस्थाको निक्षेपको मुख्य स्रोत मानिन्छन्। साथै बीमा कम्पनीहरुको लगानीको प्रमुख क्षेत्र पनि बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेप रहेको छ। बीमा समितिले जारी गरेको लगानी निर्देशिकामा कूल टेक्निकल रिजर्भको ४० प्रतिशतसम्म बाणिज्य बैंकको मुद्दती निक्षेप, २० प्रतिशतसम्म विकास बैंकको मुद्दती निक्षेप र १० प्रतिशतसम्म फाइनान्सको मुद्दती निक्षेपमा लगानी गर्न सक्ने व्यवस्था छ।

मुद्दती निक्षेप बाहेक निर्जीवन बीमा कम्पनीहरुले बाँकी १० अर्ब ९० करोड रुपैयाँ अन्य विभिन्न क्षेत्रमा लगानी गरेका छन्।

कम्पनीहरुले ४५ अर्ब ९० करोड तीन लाख पाँच हजार रुपैयाँ बाणिज्य बैंकहरुको मुद्दती निक्षेपमा लगानी गरेका छन् । त्यस्तै, ५ अर्ब ९० करोड रुपैयाँ विकास बैंकको मुद्दती निक्षेपमा र ८१ करोड १६ लाख रुपैयाँ फाइनान्सहरुको मुद्दती निक्षेपमा लगानी गरेका छन्।

बीमा कम्पनीहरुले सर्वसाधारणको बचत तथा जीवन जोखिमको दायित्व बहन गर्ने हुँदा सुरक्षित स्थानमा मात्रै लगानी गर्नुपर्ने व्यवस्था छ। यसले गर्दा कम्पनीहरुले सुरक्षित लगानीको रुपमा सरकारी ऋणपत्र तथा  बाणिज्य बैंकहरुको मुद्दती निक्षेपमा लगानी गर्ने गरेका हुन्।

जोखिमयुक्त क्षेत्रमा लगानी गर्दा सर्वसाधारणको बचत फिर्ता गर्न सक्दैनन्। यदि कुनै कारणले ठुलो जोखिम आइपर्यो भने कम्पनीहरुले समयमा बीमितको पैसा फिर्ता गर्न सक्दैनन् भन्ने मान्यताका कारण पनि सबैभन्दा धेरै नियमन हुने बैंक तथा वित्तीय क्षेत्रमा लगानी गर्ने गरेका हुन्।

त्यस्तै, निर्जिवन बीमा कम्पनीहरुले सूचीकृत पब्लिक कम्पनीको साधारण शेयरमा ५ अर्ब ७९ करोड रुपैयाँ लगानी गरेका छन्। पछिल्लो समय कम्पनीहरुले शेयर बजारमा लगानी गरेर राम्रो मुनाफा आर्जन गरेका छन्।

कम्पनीहरुले  बाणिज्य बैंक, विकास बैंक, फाइनान्स र वित्तीय संस्थाको अग्राधिकार शेयर र ऋणपत्रमा मात्रै ३ अर्ब ७० करोड रुपैयाँ लगानी गरेका छन्। यस बाहेक नेपाल सरकारको बचतपत्र तथा ऋणपत्रमा ६२ करोड ३८ लाख रुपैयाँ, म्युचुअल फण्ड र नागरिक लगानी कोषमा ४७ करोड ५० लाख रुपैयाँ लगानी गरेका छन्।

बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले सम्पुर्ण कम्पनीहरुलाई परिपत्र जारी गर्दै पूर्वाधार क्षेत्रमा लगानी गर्नु भनिएको क्षेत्रमा भने जम्मा २३ करोड ९२ लाख रुपैयाँ मात्रै लगानी भएको देखिन्छ। समितिले निश्चित रकम पुर्वाधार तथा अन्य क्षेत्रमा लगानी गर्ने छुट प्रदान गरे पनि कम्पनीहरु बैंक तथा वित्तीय संस्थाको निक्षेपमै रमाएर बसिरकेका छन्। यसै क्रममा अध्यक्ष सिलवालले बीमा कम्पनीहरुलाई लगानी निर्देशिका अनुसार पूर्वाधार क्षेत्रमा लगानी गर्न अनुरोध गर्दै आएका छन्। बीमा कम्पनी सँग लगानीको ठुलो स्रोत हुने भएकाले देशको विकासका लागि पनि कम्पनीहरुको योगदान रहनु पर्ने भन्दै सिलवालले यस्तो अनुरोध गरेका हुन्। तर कम्पनीहरु भने लगानीका अन्य क्षेत्रमा जान तयार देखिदैनन्। यस बाहेक अन्य क्षेत्रमा कम्पनीहरुले ७ करोड ५३ लाख रुपैयाँ लगानी गरेको देखिन्छ।

उपलब्ध तथ्याङ्क अनुसार सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा कम्पनीले सबैभन्दा धेरै ५ अर्ब ४८ करोड रुपैयाँ लगानी गरेको छ। त्यस्तै, नेकोले ३ अर्ब ४४ करोड रुपैयाँ, शिखर इन्स्योरेन्सले ३ अर्ब २४ करोड रुपैयाँ, सगरमाथा इन्स्योरेन्सले २ अर्ब ९७ करोड रुपैयाँ, सिद्धार्थ इन्स्योरेन्सले २ अर्ब ९५ लाख रुपैयाँ, प्रिमियर इन्स्योरेन्सले २ अर्ब ७२ करोड रुपैयाँ, एनएलजी इन्स्योरेन्सले २ अर्ब ५३ करोड रुपैयाँ, नेपाल इन्स्योरेन्सले २ अर्ब ३३ करोड रुपैयाँ, दि ओरियन्टल इन्स्योरेन्सले २ अर्ब ३० करोड रुपैयाँ र प्रुडेन्सियल इन्स्योरेन्सले १ अर्ब ११ करोड रुपैयाँ लगानी गरेका छन् ।

त्यस्तै, हिमालयन जनरल इन्स्योरेन्सले २ अर्ब ४ करोड रुपैयाँ, लुम्बिनी जनरल इन्स्योरेन्स, २ अर्ब ३ करोड रुपैयाँ, नेशनल इन्स्योरेन्सले २ अर्ब ८ लाख रुपैयाँ, आइएमई लाइफले १ अर्ब ८१ करोड रुपैयाँ, युनाईटेड इन्स्योरेन्सले १ अर्ब ५९ करोड रुपैयाँ, एभरेष्ट इन्स्योरेन्सले १ अर्ब ५५ करोड रुपैयाँ, अजोड इन्स्योरेन्सले १ अर्ब ४५ करोड रुपैयाँ, प्रभु इन्स्योरेन्सले १ अर्ब २३ करोड रुपैयाँ, जनरल इन्स्योरेन्सले १ अर्ब २१ करोड रुपैयाँ र सानिमा जनरल इन्स्योरेन्सले १ अर्ब १७ करोड रुपैयाँ लगानी गरेका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS