IME Life

सिन्धु विकास बैंकको साधारण सभाको मिति तय, के के छन् प्रस्ताव ?

SPIL
NIC ASIA

काठमाडौं । सिन्धु विकास बैंकले चैत ९ गते ११औं वार्षिक साधारण सभा गर्ने भएको छ । बैंकको फागुन १६ गते बसेको सञ्चालक समितिको बैठकले आगन्तुक रिसोर्ट बनेपा, काभ्रेमा विहान १०ः३० बजे सभा गर्ने निर्णय गरेको हो । कोभिडको असरलाई ध्यानमा राखी भर्चुअल माध्यमबाट सभा गर्ने तयारी गरेको बैंकले बताएको छ ।

बैंकले यसवर्ष कुनै पनि लाभांश प्रस्ताव गरेको छैन् । सभामा बैंकले गत आर्थिक वर्ष ०७६/७७ को वार्षिक प्रतिवेदन पारित र चालू आवको लागि लेखापरिक्षकको नियुक्त लगाएतका विषय सभामार्फत पारित गर्नेछ ।

Prabhu
Crest

त्यस्तै, सभामा अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग मर्जर तथा प्राप्ति प्रक्रिया गर्न आवश्यक भएमा त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय गरेको छ ।

कम्पनीले साधारण सभा प्रयोजनका लागि फागुन २८ गते एक दिन बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा फागुन २६ गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन सक्नेछन् । बुक क्लोजको अघिल्लो कारोबार दिन महाशिवरात्रीको सार्वजनिक विदा परेकाले फागुन २६ गतेसम्म शेयर कायम गर्नुपर्नेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS