IME Life

छिमेक लघुवित्तको रकम भुक्तानी क्यूआर कोर्डबाट गर्न सकिने

SPIL
NIC ASIA

काठमाडौ. । छिमेक लघुवित्त वित्तीय संस्थाले आफ्ना ग्राहकहरुलाई क्यूआर कोर्ड मार्फत कर्जा भुक्तानी, बचत तथा किस्ता बुझाउन मिल्ने कार्यक्रमको सुरुवात गरेको छ ।

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले क्यूआर कोर्ड सहितको ग्राहक परिचयपत्र वितरण गरेर सुभारम्भ गरे । लघुवित्त क्षेत्रमा प्रविधिको यो प्रयोग नौलो हो । उक्त कार्डबाट किस्ता तथा बचत तिर्ने ब्यवस्था गरिएको छ । सोही कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले वित्तीय साक्षरताको लागि प्रविधि मैत्री घुम्ती बस सेवा शुभारम्भको उद्घाटन गरे ।

Prabhu
Crest

घुम्ती बसबाट वित्तीय साक्षरता संचालन गर्न सजिलो हुनेभएकोले वित्तीय साक्षरताका लागि उक्त बस संचालन गरिने छिमेक लघुवित्त वित्तीय संस्थाले जनाएको छ । उक्त वित्तीय संस्थाले २०५८ साल देखि नेपाल राष्ट्र बैंकबाट “घ” वर्गको ईजाजतपत्र प्राप्त गरी नेपालका ६७ वटा जिल्लामा १३७ वटा शाखा तथा ६० वटा डिजिटल प्वाईन्ट कार्यालयहरु मार्फत करिव ३ लाख ८० हजार भन्दा बढी विपन्न परिवारमा लघुवित्त सेवा पु¥याउँदै आएको छ ।

सो वित्तीय संस्थाले आफ्ना ग्राहकहरुको लागि क्यूआर कोर्ड सहितको परिचयपत्र उपलब्ध गराउने र सो परिचयपत्र मार्फत आफ्नो किस्ता र बचत रकम तिर्न सकिने व्यवस्था गरेको छ ।

कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले एकअर्कामा सोधेर नजानेको कुरा सिकेर आम नेपाली नागरिकलाई डिजिटल बैंकिङमा प्रवेश गर्न आग्रह गर्नुभएको छ । उहाँले गाउँगाउँसम्म डिजिटलाइजेशन गर्नका लागि सबै बर्गले क्यूआर कोर्ड मार्फत काम गर्नुपर्नेमा जोड दिए ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS