युनिभर्सल पावर कम्पनीको नाफा घट्यो

काठमाडौं । युनिभर्सल पावर कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

कम्पनीले आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा १ करोड ६३ लाख ३९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत वर्षको सोहि अवधिको तुलनामा कम्पनीको नाफामा ४६ प्रतिशतले गिरावट आएको हो । गत वर्षको सोहि अवधिमा ३ करोड २ लाख ८० हजार रुपैयाँ खुद नाफा गरेको आर्जन गरेको थियो ।

हाल कम्पनीको चुक्तापूँजी २ अर्ब १० करोड ३ लाख ५० हजार र जगेडा कोष रकम ११ करोड ७८ लाख ५२ हजार रुपैयाँ रहेको छ ।

कम्पनीले अन्य शिर्षकमा यस वर्ष २ करोड ४२ लाख ९७ हजार रुपैयाँ आम्दानी गरेको छ । अन्य स्रोतबाट गत वर्ष कम्पनीले ४ करोड ५० लाख २४ हजार रुपैयाँ आम्दानी गरेको थियो ।

त्यस्तै, कम्पनीको प्रतिसेयर आम्दानी १.५६ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १०५.६१ रुपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार