ग्लोबल आइएमई समुन्नत योजना–१ को न्याभ बढ्यो

काठमाडौं । ग्लोबल आइएमई समुन्नत योजना–१ को माघ महिनामा प्रतिइकाई खुद सम्पति मूल्य (न्याभ) बढेको छ। फण्डको न्याभ १ रुपैयाँ ९५ पैसाले बढेर १८ रुपैयाँ २४ पैसा कायम भएको छ ।

पुसमा यसको न्याभ १६ रुपैयाँ २९ पैसा रहेको थियो । यस योजनाले माघ मसान्तसम्ममा १ अर्ब ५८ करोड ७६ लाख रुपैयाँ बराबरको सूचीकृत सेयर होल्ड गरेको छ । यो अघिल्लो महिनाको भन्दा १४ दशमलव ०१ प्रतिशतले बढेको हो ।

अघिल्लो महिना यस फन्डले १ अर्ब ३९ करोड २४ लाख रुपैयाँ बराबरको सेयर होल्ड गरेको थियो । माघसम्ममा यसको बैंक मौज्दातमा १ करोड ७६ लाख रुपैयाँ छ । यसले विभिन्न सामूहिक लगानी कोषको योजना सहित कुल ८९ वटा कम्पनीको सेयरमा लगानी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार