IME Life

साप्ताहिक बीमा समीक्षाः जीवन बीमा कम्पनीहरुको लागि एनएफआरएस कार्यविधि तयार, अरु के भए बीमा क्षेत्रमा ?

SPIL
NIC ASIA

काठमाडौं । यो साता बीमा क्षेत्रमा विभिन्न गतिविधिहरु भए । यस साता बीमा व्यवसायको लागि निकै महत्वपूर्ण रह्यो । बीमा समितिले जीवन बीमा व्यवसाय गर्ने कम्पनीहरुको लागि एनएफआरएस कार्यविधि निर्देशिका २०७७ जारीदेखि ज्योति लाइफले फागुन २३ गतेदेखि आइपीओ निष्काशन गर्ने, नयाँ बीमा पोलिसी सार्वजनिक तथा नयाँ बोनशदर घोषणा लगायतका विषयले प्राथमिकता पाए ।

जीवन बीमा क्षेत्रमा भएका गतिविधि
यस साता बीमा समितिले जीवन बीमा व्यवसाय गर्ने बीमकहरुको लागि एनएफआरएसमा आधारित निर्देशिका जारी गरेको । कम्पनीहरुले आन्तिरिक रुपमा एनएफआरएसमा आधारित वित्तीय विवरणहरु प्रकाशन गरेता पनि सार्वजनिक रुपमा भने प्रकाशन गर्ने गरेको पाईदैन् । अब भने बीमा बीमा समितिले नै कम्पनीहरुलाई सार्वजनिक रुपमा एनएफआरएसमा आधारित वित्तीय विवरण प्रकाशन गर्न बाध्य बनाएको छ ।
उता, यसै साता राष्ट्रिय बीमा संस्थानले आफ्नो ५४ औं वार्षिकोत्सवमा नयाँ पोलिसी जारी गरेको छ । यस सामुहिक म्यादी जीवन बीमा योजनाको सुभारम्भ कम्पनीले जारी गरेको हो । यस पोलिसी कम्तिमा १० जना सदस्य भएको संघ संस्थाका कर्मचारीहरुलाई यो बीमा पोलिसी बिक्री गरिने कम्पनीले जनाएको छ । त्यस्तै, सोही दिन कम्पनीले आर्थिक वर्ष २०७६/७७ मा सबैभन्दा धेरै जीवन बीमा व्यवसाय ल्याउने उत्कृष्ट १० जना अभिकर्तालाई सम्मान गरेको छ ।

Prabhu
Crest

त्यसैगरी हिजो फागुन १३ गते ज्योती लाइफ इन्स्योरेन्स कम्पनीले ६६ करोड रुपैयाँको प्राथमिक शेयर निष्काशनका नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । कम्पनीले अब फागुन २३ गतेबाट आइपीओ निष्काशन तथा विक्री खुल्ला गर्नेछ ।

त्यस्तै, प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना शेयरधनीहरूको हितग्राही खातामा बोनश शेयर जम्मा गरेको छ । कम्पनीको पुस २७ गते, सोमबार सम्पन्न भएको १३ औं वार्षिक साधारण सभाले पारित गरेको ७ प्रतिशत बुक क्लोज हुनुभन्दा अघिल्लो दिनसम्म शेयर अभौतिकिकरण गराएका शेयरधनीहरुको सम्बन्धित हितग्राही खातामा जम्मा गरिएको हो ।

नयाँ बोनशदर घोषणा
यस साता दुई कम्पनीले नयाँ बोनशदर घोषणा गरेका छन् । सानिमा लाइफ इन्स्योरेन्स कम्पनी र आईएमई लाइफले नयाँ बोनशदर घोषणा गरेका हुन् । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७५/७६ को बीमाङ्किय मूल्याङ्कन प्रतिवेदन अनुसार ५ वटा बीमालेखको बोनशदर सार्वजनिक गरेको छ । कम्पनीले न्युनतम २० रुपैयाँदेखि अधिकतम ६५ रुपैयाँसम्म बोनशदर कायम गरेको छ ।
त्यस्तै, आईएमई लाइफले पनि आर्थिक वर्ष २०७५/७६ को लागि नयाँ बोनशदर घोषणा गरेको हो । कम्पनीले न्युनतम प्रतिहजार १३ रुपैयाँदेखि ७० रुपैयाँसम्मको बोनसदर घोषणा गरेको छ ।

दाबी भुक्तानी
यस साता दुई जीवन बीमा कम्पनीले दाबी भुक्तानी गरेका छन् । सन नेपाल र एशियन लाइफले दाबी भुक्तानी गरेको छ । एशियन लाइफ इन्स्योरेन्सले विराटनगरका बीमित युश लामा र युश्मा लामाको घरमै गएर दाबी भुक्तानी गरेको छ । बीमित युश लामा र युश्मा लामाको अभिभावक एवं प्रस्तावक युवराज लामाको गत माघ ४ गते मृत्यु भएको थियो । मृतक युवराज लामाले १० वर्ष अगाडि कम्पनीको ‘बाल उमङ्ग बीमा योजना’ आफ्ना दुई छोरा छोरीलाई खरिद गरिदिएका थिए । एक लाख रुपैयाँको बीमाङ्क रकम रहेको यस योजनाको बाँकी अवधिको बीमा शुल्क बीमा कम्पनीले नै भुक्तानी गरिदिएको जनाएको छ ।

त्यस्तै, सन नेपाल लाइफको नारायणगढ शाखाले नवलपरासीका तुदविर बिर्ता मगर र भरतपुर १६ चितवनका विमित चन्द्र बहादुर पुलामीको परिवारलाई वैदेशिक रोजगार वापतको १४/१४ लाख रुपैयाँ मृत्यु बीमा दाबी भुक्तानी गरेको हो ।

निर्जीवन बीमा क्षेत्रमा भएका साप्ताहिक गतिविधि
नेपाल स्टक एक्सचेन्ज ‘नेप्से’ ले अवैधानिक रुपमा कारोबार गराइरहेको एभरेष्ट इन्स्योरेन्सको संस्थापक शेयरको कारोबारलाई बैधानिक बनाउन भन्दै नेपाल धितोपत्र बोर्डलाई पत्र काटेको छ । बोर्डको कुनै पनि निर्देशन विनानै कारोबार खुला गरे पछि नेप्सेले ‘कारोबार खुला गर्ने निर्देशन पाऊँ’ भन्दै पत्र पठाएको हो । प्रचलित ऐन कानुन विपरित एभरेष्टको संस्थापक शेयर पनि सर्वसाधारणको जस्तै गरि कारोबार भइरहेको थियो ।

त्यस्तै, नेपाल इन्स्योरेन्स कम्पनीका संचालक समितिका सदस्य विष्णु खेतान अग्रवालले राजिनामा दिएका छन् । कम्पनीको संचालक समितिको फागुन ७ गते बसेको संचालक समितिको बैठकले अग्रवालको राजिनामा स्वीकृत गर्ने निर्णय गरेको हो ।

यसै साता एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना शेयरधनीहरूको हितग्राही खातामा बोनश शेयर जम्मा गरेको छ । कम्पनीको मंसिर ५ गते सम्पन्न चौधौँ वार्षिक साधारण सभाले पारित गरेको ७ प्रतिशत बोनस शेयर शेयरधनीहरूको हितग्राही खातामा बोनश शेयर जम्मा गरेको हो ।

अजोड इन्स्योरेन्स कम्पनीले आइटी अडिटका लागि इमिनेन्स ओएसँग सम्झौता गरेको छ । बीमा समितिले चैत ११ गते बीमकको सूचना प्रविधि मार्गदर्शन २०७६ का आधारमा यस्तो निर्देशन दिएका थियो । सोही बमोजिम बीमा कम्पनीहरुमा सूचना प्रविधिको सुरक्षामा देखिन सक्ने समस्यालाई ध्यानमा राख्दै उक्त कम्पनीसँग सम्झौता गरेको हो ।

यता, ओरियण्टल इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । कम्पनीको वित्तीय विवरण हेर्दा खासै राम्रो प्रगति देखिदैन । यस अवधिसम्ममा कम्पनीको खुद बीमा शल््क आर्जन र खुद नाफा दुबै घटेको छ । यस अवधिसम्ममा कम्पनीको जगेडा कोष ४ करोड ३१ लाख रुपैयाँ ऋणात्मक छ । कम्पनीको बीमा कोषमा ७९ करोड ५६ लाख रुपैयाँ रहेको छ ।

त्यसैगरी नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना बीमाको दाबी भुक्तानीका लागि कोभिड १९ परिक्षणको रिपोर्ट चेक जाच गर्ने वेलामा समस्या आएको भन्दै सम्पुर्ण प्रयोगशालालाई ७ दिन भित्रमा संक्रमितको विवरण पेश गर्न निर्देशन दिएको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS