IME Life

ओरियण्टल इन्स्योरेन्सको खुद बीमा शुल्क र नाफा दुबै घट्यो, बीमा कोष साढे ७९ करोडमाथि

SPIL
NIC ASIA

काठमाडौं । ओरियण्टल इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । कम्पनीको वित्तीय विवरण हेर्दा खासै राम्रो प्रगति देखिदैन । यस अवधिसम्ममा कम्पनीको खुद बीमा शुल्क आर्जन र खुद नाफा दुबै घटेको छ । यस अवधिसम्ममा कम्पनीको जगेडा कोष ४ करोड ३१ लाख रुपैयाँ ऋणात्मक छ । कम्पनीको बीमा कोषमा ७९ करोड ५६ लाख रुपैयाँ रहेको छ ।

कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा आइपुग्दा ४० करोड १७ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ४६ करोड ७१ लख रुपैयाँ खुद बीमा शुल्क संकलन गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद बीमा शुल्क आर्जन १३ प्रतिशतले कमी हो ।

Prabhu
Crest

यस अवधिसम्ममा कम्पनीले ७१ लाख ५४ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २९ करोड रुपैयाँ खुद नाफा कमाएको थियो । गत आथिृक वर्षको सोही अवधिको तुलनामा कम्पनीको नाफा ९७ प्रतिशतले कमी हो ।

कम्पनीले १ हजार १ दाबी बापत ३१ करोड ७२ लाख रुपैयाँ कुल दाबी भुक्तानी गरेको छ । कम्पनीले कम्पनीले समिक्षा अवधिसम्ममा १८ हजार ९० बीमालेख जारी गरेको छ ।

यस अवधिसम्ममा कम्पनीले २४ करोड ७८ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १७ करोड २९ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद दाबी भुक्तानी ४३ प्रतिशतले बढी हो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS