IME Life

३९ बीमा कम्पनीका २८ सय ५९ शाखाले संकलन गरे साढे ९२ अर्ब बीमा शुल्क

SPIL
NIC ASIA

काठमाडौं । हाल नेपाली बीमा बजारमा ३९ वटा बीमा कम्पनीहरु संचालनमा रहेका छन् । जसमध्ये १९ जीवन बीमा कम्पनी तथा २० निर्जीवन बीमा कम्पनी रहेका छन् । बीमा समितिका अनुसार ३९ वटै बीमा कम्पनीहरुले २०७७ माघ मसान्तसम्ममा ९७ लाख ६४ हजार ४९ वटा बीमालेख जारी गरी ९२ अर्ब ४२ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका हुन् । माघ मसान्तसम्ममा जीवन तथा निर्जीवन बीमा कम्पनीहरुमा कुल २ हजार ८ सय ५९ वटा कार्यालयहरुमा १० हजार ५ सय ९८ जना कर्मचारीहरु कार्यरत रहेका छन् ।

Prabhu
Crest

चुक्ता पूँजी 
माघ मसान्तसम्ममा बीमा कम्पनीहरुको चुक्ता पूँजी ३५ अर्ब ७९ करोड रुपैयाँ रहेको छ । जसमध्ये निर्जीवन बीमा कम्पनीहरुको कुल चुक्ता पूँजी १८ अर्ब रहेको छ भने जीवन बीमा कम्पनीहरुको कुल चुक्ता पूँजी ३५ अर्ब ६१ करोड रुपैयाँ रहेको छ । २० वटा निर्जीवन बीमा कम्पनीहरुमध्ये सबैभन्दा धेरै चुक्ता पूँजी भएको कम्पनी शिखर इन्स्योरेन्स हो । कम्पनीको चुक्ता पूँजी माघ मसान्तसम्ममा १ अर्ब ३७ करोड रुपैयाँ रहेको छ । त्यस्तै, १९ वटा जीवन बीमा कम्पनीहरुमध्ये सबैभन्दा धेरै चुक्ता पूँजी भएको कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीको चुक्ता पूँजी ७ अर्ब २० करोड रुपैयाँ रहेको छ ।

कुल बीमा शुल्क आर्जन
बीमा समितिले उपलब्ध गराएको तथ्याङक हेर्ने हो भने ३९ वटा बीमा कम्पनीहरुले २०७७ माघ मसान्तसम्ममा ९२ अर्ब ४२ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् । जसमध्ये १७ अर्ब ८७ करोड रुपैयाँ निर्जीवन बीमा कम्पनीहरुले आर्जन गरेको कुल बीमा शुल्क हो भने ७४ अर्ब ५५ करोड रुपैयाँ जीवन बीमा कम्पनीहरुले आर्जन गरेको कुल बीमा शुल्क हो ।

जीवन बीमा कम्पनीको हकमा भने प्रथम बीमा शुल्क वापत कम्पनीले माघ मसान्तसम्ममा २५ अर्ब ४० करोड रुपैयाँ, नविकरण बीमा शुल्क मार्फत ४८ अर्ब ९० करोड रुपैयाँ र वैदेशिक रोजगार बीमा शुल्क २५ करोड रुपैयाँ गरी कुल ७४ अर्ब ५५ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको हो ।

बीमा समितिबाट प्राप्त तथ्याङ्क अनुसार निर्जीवन बीमा कम्पनीहरुमध्ये माघ मसान्तसम्ममा सबैभन्दा धेरै बीमा शुल्क आर्जन गर्नेमा शिखर इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले माघ मसान्तसम्ममा २ अर्ब ४५ करोड रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएको छ । त्यस्तै, माघ मसान्तसम्ममा जीवन बीमा कम्पनीहरुमध्ये सबैभन्दा धेरै बीमा शुल्क आर्जन गर्ने कम्पनी नेपाल लाइफ इन्स्योरेन्स रहेको छ । कम्पनीले यस अवधिसम्ममा २० अर्ब ३९ करोड रुपैयाँ बीमा शुल्क आर्जन गर्न सफल भएको छ ।

बीमालेख संख्या
समितिको अनुसार माघ मसान्तसम्ममा ३९ वटा बीमा कम्पनीहरुले ९७ लाख ६४ हजार ४९ वटा बीमा पोलिसी जारी गरेका छन् । जसमध्ये १७ लाख ७४ हजार १ सय ३८ वटा बीमालेख निर्जीवन बीमा कम्पनीहरुले जारी गरेका छन् भने ७९ लाख ८९ हजार ९ सय ११ वटा बीमालेख जीवन बीमा कम्पनीहरुले जारी गरेका छन् ।

जीवन बीमा कम्पनीहरुको हकमा भने यस अवधिसम्ममा बीमालेख वापत ७२ लाख ४३ हजार पाँच सय बीमा पोलिसि जारी भएका छन् भने वैदेशिक रोजगार बीमालेख वापत ७ लाख ४६ हजार ४ सय ११ वटा बीमा पोलिसी जारी भएका छन् । यस अवधिसम्ममा नेपाल लाइफले सबैभन्दा धेरै बीमालेख संख्या जारी गर्न सफल भएको छ कम्पनीले यस अवधिसम्ममा १३ लाख २९ हजार १ सय ६३ वटा बीमालेख जारी गरेको छ । त्यस्तै, निर्जीवन बीमा कम्पनीहरुमध्ये नेको इन्स्योरेन्स कम्पनीले सबैभन्दा धेरै बीमा पोलिसी जारी गरेको । कम्पनीले यस अवधिसम्ममा २ लाख २ हजार २ सय ७८ वटा बीमा पोलिसी जारी गरेको छ ।

कार्यरत कर्मचारी संख्या
बीमा समितिको तथ्याङक अनुसार हाल बीमा कम्पनीहरुमा १० हजार ५ सय ९८ जना कर्मचारीहरु कार्यरत रहेका छन् । जसमध्ये २० वटा निर्जीवन बीमा कम्पनीहरुमा कुल ४ हजार ९ सय ४५ जना कर्मचारीहरु कार्यरत छन् भने १९ जीवन बीमा कम्पनीहरुमा ५ हजार ६ सय ५३ जना कर्मचारीहरु कार्यरत रहेका छन् । माघ मसान्तसम्ममा १९ जीवन बीमा कम्पनीहरुमध्ये सबैभन्दा धेरै कर्मचारी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा रहेका छन् । कम्पनीमा ६ सय २९ जना कर्मचारी आबद्ध छन् । त्यस्तै, २० वटा निर्जीवन बीमा कम्पनीहरुमध्ये सबैभन्दा धेरै कर्मचारी शिखर इन्स्योरेन्स कम्पनीमा रहेका छन् । कम्पनीमा ६ सय २ जना कर्मचारी आबद्ध छन् ।

कार्यालय संख्या 
माघ मसान्तसम्ममा जीवन तथा निर्जीवन बीमा कम्पनीमा कुल २ हजार ८ सय ५९ वटा कार्यालय संख्या रहेको छ । बीमा समितिले उपलब्ध गराएको तथ्याङक अनुसार जीवन बीमा कम्पनीहरुको तुलनामा निर्जीवन बीमा कम्पनीहरुको कार्यालय संख्या कम रहेको छ । निर्जीवन बीमा कम्पनीहरुको कुल कार्यालय ९ सय १६ वटा रहेको छ भने जीवन बीमा कम्पनीहरुको कुल कार्यालय संख्या १ हजार ९ सय ४३ रहेको छ ।
माघ मसान्तसम्ममा १९ जीवन बीमा कम्पनीहरुमध्ये सबैभन्दा धेरै कार्यालय संख्या नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको रहेको छ । कम्पनीको १ सय ९७ वटा कार्यालय संचालन रहेका छन् । त्यस्तै, २० वटा निर्जीवन बीमा कम्पनीहरुमध्ये सबैभन्दा धेरै कार्यालय शिखर इन्स्योरेन्स कम्पनीको रहेको छ । कम्पनीको १ सय ३ वटा शाखा तथा उप शाखा कार्यालय संचालनमा छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS