SKIP THIS

IK Anniversary
IME Life

दुई करोडको नेशनल लाइफले ३४ वर्षको इतिहासमा शेयरधनीलाई दियो साढे २ अर्ब भन्दा बढि लाभांस

SPIL
NIC ASIA

काठमाडौं। निजी क्षेत्रको पहिलो जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्सले ३४ वर्षको इतिहासमा आफ्ना शेयरधनीलाई साढे दुई अर्ब भन्दा बढि लाभांस प्रदान गरिसकेको छ।

२०४४ सालमा २ करोडको पुँजी लिएर स्थापना भएको नेशनल लाइफ एण्ड जनरल इन्स्योरेन्स कम्पनीले तीन दशक भन्दा लामो इतिहासमा बोनस शेयर मात्रै २ अर्ब २६ करोड रुपैयाँ प्रदान गरिसकेको छ। कम्पनीका शेयरधनीले अहिलेसम्म १० करोड रुपैयाँ भन्दा बढिको नगद लाभांस प्राप्त गरिसकेका छन्। स्थापनाको आधा समय नगद लाभांस मात्रै वितरण कम्पनीले पछिल्लो आधा समयमा भने बोनस शेयरलाई बढि प्राथमिकता दिएको छ। यसै क्रममा कम्पनीले २ करोडको पुँजीलाई तीन अर्ब ३९ करोड रुपैयाँ पुर्याइसकेको छ। दुई पटक हकप्रद शेयर जारी गरेर शेयरधनी सँग एक अर्ब १२ करोड रुपैयाँ लिएको कम्पनीले शेयरधनीलाई आफैले आर्जन गरेको मुनाफाबाट दुई अर्ब २६ करोड रुपैयाँ भन्दा धेरै बोनस शेयरको रुपमा वितरण गरिसकेको छ।

Prabhu
Crest
नेशनल लाइफ इन्स्योरेन्स (1)

कम्पनीले आर्थिक वर्ष २०६२/६३ मा सर्वाधिक धेरै १२० प्रतिशत बोनस लाभांस दिएको थियो। त्यस भन्दा अगाडि २०५९/६० मा सतप्रतिशत नगद लाभांस दिएको थियो। पछिल्लो १६ वर्षको अवधिमा बोनस शेयरलाई बढि प्राथमिकता दिएको कम्पनीले जीवन बीमा व्यवसायको दुई चक्र पुरा गरिसकेको छ।

जीवन बीमा क्षेत्रमा सरकारी स्वामित्वको राष्ट्रिय बीमा संस्थान मात्रै रहेको अवस्थामा देशभित्र बीमाको बढ्दो आवश्यकतालाई परिपूर्ति गर्ने उद्देश्यले नेशनल लाइफ एण्ड जनरल इन्स्योरेन्स कम्पनीले २०४४ साल फागुन १० गतेदेखि जीवन तथा निर्जीवन दुबै प्रकृतिको व्यवसाय सुरु गरेको थियो।

बीमा समितिले २०६३ सालदेखि जीवन र निर्जीवन बीमा व्यवसायका लागि छुट्टा छुट्टै बीमा कम्पनी हुनु पर्ने व्यवस्था गरे पछि नेशनल लाइफले आफुलाई पुर्ण जीवन बीमा व्यवसायमा स्थापित गर्न सफल भयो। आफुले गर्दै आएको निर्जीवन बीमा व्यवसायको निरन्तरका लागि भने सहायक कम्पनीको रुपमा एनएलजी इन्स्योरेन्स कम्पनीको स्थापना गर्यो।

सुरुवाति दिनमा जीवन भन्दा निर्जीवन बीमा व्यवसायमा केन्द्रित नेशनल लाइफ एण्ड जनरल इन्स्योरेन्सले एजेन्ट वेसमा काम गर्न सकेको थिएन। तर सरकारले जीवन र निर्जीवन बीमा कम्पनी छुट्टा छुट्टै हुनु पर्ने व्यवस्था गरे पछि भने कम्पनीहरुले अभिकर्ता मार्फत जीवन बीमा व्यवसाय गर्न थालेका हुन्। नेशनलले पनि पछिल्लो समय आफ्नो शाखा सञ्जाल र अभिकर्ताको सञ्जाल देशव्यापी बनाउदै लगेको छ। २०६३ अगाडि कम्पनीका कर्मचारीहरुले नै व्यवसाय ल्याउथे। यसले गर्दा जीवन बीमा व्यवसाय खासै बृद्धि हुन सकेको थिएनन्।

शेयर संरचना

कम्पनीको स्थापना हुँदा नै नेशनल लाइफले १० प्रतिशत शेयर सहित विदेशी साझेदार भित्र्याएको थियो। उनिहरुको तर्फबाट एक जना सञ्चालन हुने व्यवस्था रहेको थियो। आजका दिनमा उक्त हिस्सा घटेर २.१५ प्रतिशतमा खुम्चिएको छ। राष्ट्रिय बाणिज्य बैंकको १० प्रतिशत लगानी रहेको कम्पनीको नेपाली संस्थापकहरुको हिस्सा ५२.८२ प्रतिशत रहेको छ। कम्पनीले आर्थिक वर्ष २०४५ मा सर्वसाधारणका लागि प्राथमिक शेयर जारी गरेको थियो। सर्वसाधारणको शेयर हिस्सा ३५ प्रतिशत रहेको छ। कम्पनीले आर्थिक वर्ष २०७५/७६ को साधारणसभाबाट १० प्रतिशत बोनस शेयर सँगै चुक्ता पुँजी तीन अर्ब ३९ करोड रुपैयाँ पुगेको छ।

पछिल्लो समय बीमा क्षेत्रमा धेरै वटा कम्पनी आए। कसैले आफुलाई आक्रामक रुपमा प्रस्तुत गरे भने कसैले खासै सुधार गर्न सकेनन्।  ३४ वर्षको अवधिमा कम्पनीले दुई वटा चक्र पुरा गरिसकेको छ। कम्पनीले  बीमितलाई दुइ चरणको फाइदा प्रदान गरिसकेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले जानकारी दिए। यस अवधिमा कम्पनीले आफुलाई परिपक्व र अनुभवी कम्पनीको रुपमा स्थापित गर्न सफल भएको छ।

कम्पनीले लाजिम्पाटमा आफ्नै भवनमा केन्द्रिय कार्यालय सञ्चालन गरिरहेको छ। ठमेलमा कम्पनीको आफ्नै साढे तीन रोपनी आफ्नै जग्गा छ। नेपालका प्रमुख सहरहरु पोखरा, विराटनगर, विरगञ्ज, नेपालगञ्जमा जग्गा जोड्न सफल भएको छ। सम्पत्तीका हिसावले  कम्पनी सबैभन्दा धेरै सबल भैसकेको छ।  कम्पनीमा १५/२० वर्ष भन्दा लामो समयदेखि काम गरेका अनुभवी कर्मचारी छन्।

कम्पनीको व्यवसायदेखि लिएर सबै कुरा स्टेवल रहेको खत्री बताउछन्। आक्रामक रुपमा आफुलाई अगाडि बढाउने भन्दा पनि स्थायी रुपमा आफुलाई सधै टिकाइ राख्ने कम्पनीको रणनीति रहेको छ। कम्पनीको जीवन बीमा कोष ३५ अर्ब भन्दा माथिको छ।

नेशनल लाइफले ३४ औ वार्षिकोत्सवको अवसमा १४/१५ वटा बृद्धाश्रममा नि:शुल्क खाना खुवाउनुका साथै विभिन्न कार्यक्रम गरेर सम्पन्न गरेको  छ। कोभिडका कारण खासै धेरै कार्यक्रम गर्न नसकिएको खत्रीले जानकारी दिए। नेपालको बीमा क्षेत्रमा लामो अनुभव बटुलिसकेको नेशनल लाइफले बजारमा धेरै जनशक्ती उत्पादन गरिसकेको छ। साथै, आफुलाई सातै प्रदेशका ७७ वटा जिल्लामा उपस्थित गराउन सफल भएको छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS