IME Life

१९ मध्ये १३ जीवन बीमा कम्पनीको बोनसदर सार्वजनिक, कुन कम्पनीको कति?

SPIL
NIC ASIA

काठमाडौं । हाल सञ्चालनमा रहेका १९ जीवन बीमा कम्पनीहरुमध्ये १३ वटाले आर्थिक वर्ष २०७५/७६ को बोनस दर सार्वजनिक गरेका छन् । नियामक निकाय बीमा समितिको स्वीकृतिसँगै १३ कम्पनीहरुले नयाँ बोनसदर सार्वजनिक गरिसकेका हुन् ।

१३ वटा कम्पनीहरूले आर्थिक वर्ष २०७५/७६ को आर्थिक स्थितिको लेखाजोखा र दायित्वको बीमाङ्कीय मूल्यांकन पछि  बीमितहरुलाई प्रदान गरिने बोनसदर घोषणा गरेका हुन् । बीमा समितिबाट बोनसदर स्वीकृत भएपछि मात्रै बीमितले प्रतिहजारका दरले तोकिएको बोनसदर प्राप्त गर्न सक्छन्।

Prabhu
Crest

जीवन बीमा कम्पनीहरुमध्ये सिटिजन लाइफ, ज्योति लाइफ, लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल), महालक्ष्मी लाइफ, मेट लाइफ, सूर्या लाइफ, नेशनल लाइफ, प्रभु लाइफ,  प्राइम लाइफ, रिलायन्स लाइफ, नेपाल लाइफ, सानिमा लाइफ र आईएमई लाइफले  बीमा समितिबाट आर्थिक बर्ष २०७५/७६ को बोनसदर स्वीकृति पाएका छन् ।

हरेक वर्षको बोनसदरले सोहि वर्षमा बीमितले भुक्तानी गरेको प्रिमियमका आधारमा बोनस प्रदान गरिन्छ। यदि बीमितले आर्थिक वर्ष २०७५/७६ मा ५० हजार रुपैयाँ प्रिमियम भुक्तानी गर्यो भने ५० र बोनसदर गुणा गरिन्छ। यो रकम बीमा परिपक्व भए पछि एकमुष्ठ रुपमा प्राप्त हुन्छ। हरेक वर्षको बोनसदर र सोहि वर्षमा भुक्तानी गरेको प्रिमियमका आधारमा बीमितले प्राप्त गर्ने बोनस रकम निकालिन्छ। जति धेरै बोनसदर हुन्छ बीमितले त्यतिनै बढि लाभ लिन सक्छन्।

सिटिजन लाइफ इन्स्योरेन्स

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक बर्ष २०७५/७६ को बोनसदर सार्वजनिक गरेको छ ।  कम्पनीले न्यूनतम २५ रुपैयाँदेखि अधिकतम ७० रुपैयाँसम्मको बोनस दर सार्वजनिक गरेको छ।

कम्पनीले सावधिक तथा आजीवन बीमालेखमा बीमा अवधिको आधारमा ३७ रुपैयाँ देखि ७० रुपैयाँ सम्म, अग्रिम भुक्तानी सावधिक जीवन बीमालेखमा ४४ रुपैयाँ देखि ५५ रुपैयाँ सम्म, वार्षिक अग्रिम भुक्तानी जीवन बीमा २५ रुपैयाँ देखि ३५ रुपैयाँ, सिटिजन शुभारम्भ जीवन बीमा योजना (सावधिक) मा ३५ रुपैयाँ देखि ७० रुपैयाँ सम्म र सावधिक जीवन बीमा योजनामा ३८ रुपैयाँ देखि ७३ रुपैयाँ सम्म बोनस दर निर्धारण गरेको छ ।

ज्योति लाइफ इन्स्योरेन्स

ज्योति लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७५/७६ को बोनसदर सार्वजनिक गरेको छ । कम्पनीले न्यूनतम ४३ रुपैयाँदेखि अधिकतम ७५ रुपैयाँसम्मको बोनस दर निर्धारण गरेको हो ।

सावधिक जीवन बीमालेख, सावधिक तथा आजीवन बीमालेख अन्तर्गत ९ वर्षसम्म कायम रहने बीमालेख खरिद गर्ने बीमितले ४३ रुपैयाँ, १० देखि १४ वर्ष सम्मकोले ४५ रुपैयाँ, १५ देखि १९ वर्ष सम्मकोले ५० रुपैयाँ, २० देखि २४ वर्ष सम्मकोले ५५ रुपैयाँ र २५ वर्ष वा त्यस भन्दा मथिको बीमितले ७५ रुपैयाँसम्म बोनस पाउनेछन् ।

त्यस्तै, अग्रीम भुक्तानी बीमालेख अन्तर्गत १० देखि १४ वर्षको बीमालेखमा ४३ रुपैयाँ, १५ देखि १९ वर्ष सम्मकोमा ४५ रुपैयाँ र २० देखि २४ वर्ष सम्ममा बीमालेख खरिद गर्ने बीमितले ५० रुपैयाँ बोनस पाउनेछन् ।

लाइफ इन्स्योरेनस कर्पोरेशन (नेपाल)

लाइफ इन्स्योरेन्स कर्पोरेशन  (एलआईसी) नेपालले इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७५/७६ को बोनसदर सार्वजनिक गरेको छ ।  कम्पनीले न्यनतम ६६ देखि अधिकतम ८० रूपैयाँसम्म बोनसदर दिने भएको छ ।

सावधिक तथा रुपान्तरित सावधिक जीवन बीमा योजनामा २५ वर्ष वा सोभन्दा माथीको अवधिमा ८० रूपैयाँ बोनस दर दिने भएको छ । धन वृष्टि जीवन बीमालेखमा प्रति हजार ६६ रुपैयाँ, अग्रिम भुक्तानी सार्वधिक र अग्रिम भुक्तानी (बाल) बीमालेखमा ६६ देखि ६८ रुपैयाँ सम्म बोनस दर सार्वजनिक गरेको छ ।

यस्तै आजीवन बीमालेखमा २० वर्षे योजनामा ७७ रुपैयाँ, १५ वर्षेमा ६८ रुपैयाँ र १० वर्षे योजनामा ६६ रुपैयाँ बोनस पाउनेछन् ।

नेशनल लाइफ इन्स्योरेन्स

नेशनल लाइफ इन्स्योरेन्सले न्यूनतम  ६४ देखि अधिकतम ८५ रूपैयाँसम्म बोनस दर सार्वजनिक गरेको छ । सावधिक तथा सामुहिक जीवन बीमालेखमा ६४ रुपैयाँ देखि ८५ रुपैयाँ, अग्रिम भुक्तानी सावधिक जीवन बीमामा ६३ रुपैयाँ देखि ६४ रुपैयाँ बोनस दर निर्धारण गरेको छ । यस्तै सावधिक तथा आजीवन जीवन बीमालेखमा ६४ देखि ८५ रुपैयाँ बोनस दर रहेको छ ।

प्रभु लाइफ इन्स्योरेन्स

प्रभु लाइफ इन्स्योरेन्सले न्यूनतम ३० रुपैयाँदेखि अधिकतम ७० रुपैयाँसम्मको बोनस दर सार्वजनिक गरेको हो । कम्पनीले सावधिक जीवन बीमालेख र सावधिक तथा आजीवन बीमालेखमा बीमा अवधिको आधारमा ३० रुपैयाँ देखि ७० रुपैयाँ सम्म बोनस दर निर्धारण गरेको छ । यस्तै अग्रिम भुक्तानी सावधिक जीवन बीमालेखमा ३० रुपैयाँ देखि ५० रुपैयाँ सम्म बोनस दर कायम गरिएको छ ।

प्राइम लाइफ इन्स्योरेन्स

प्राइम लाइफ इन्स्योरेन्सले न्यूनतम ३० देखि अधिकतम ७६ रुपैयाँसम्मको बोनसदर सार्वजनिक गरेको छ।  कम्पनीले सावधिक जीवन बीमालेखमा न्यूनतम ३५ देखि ६५ रुपैयाँसम्मको बोनसदर सार्वजिनक गरेको छ भने प्राइम जीवन उपहार (अग्रीम भुक्तानी सवाधिक) मा ३० रुपैयाँसम्म बोनसदर तोकेको छ।

सूर्या लाइफ इन्स्योरेन्स

सूर्या लाइफ इन्स्योरेन्सले न्यूनतम ३८ देखि अधिकतम ७३ रुपैयाँसम्मको बोनसदर सार्वजनिक गरेको छ।

कम्पनीले सवाधिक जीवन बीमालेखमा ३८ देखि ७३ रुपैयाँसम्म बोनसदर तोकेको छ भने सावधिक तथा आजिवन बीमालेखमा ३८ देखि ७३ सम्म र अग्रिम भुक्तानी सावधिक जीवन बीमालेख अन्तर्गत ४५ देखि ६३ रुपैयाँसम्म बोनसदर निधारण गरेको छ।

मेट लाइफ इन्स्योरेन्स

मेट लाइफ इन्स्योरेन्सले न्यूनतम ५० देखि ८५ रुपैयाँसम्म बोनसदर निधारण गरेको छ।

कम्पनीले सावधिक जीवन बीमालेखमा ६५ देखि ८० रुपैयाँ सम्म, सावधिक बीमालेख (एजुकेशन प्रोटेक्सन प्लान)मा ६५ देखि ८५ रुपैयाँ र अग्रिम भुक्तानी सावधिक जीवन बीमालेख (थ्रिपीपी)मा ५० देखि ७० रुपैयाँसम्म बोनसदर तोकेको छ।

रिलायन्स लाइफ इन्स्योरेन्स

रिलायन्स लाइफ इन्स्योरेन्सले न्यूनतम २० रुपैयाँ देखि अधिकतम ७० रुपैयाँसम्म बोनसदर सार्वजनिक गरेको हो ।

सावधिक, सावधिक तथा आजीवन बीमा योजनामा ३५ रुपैयाँ देखि ७० रुपैयाँ, अग्रिम भुक्तानी सार्वधिक बीमा योजनामा ४५ रुपैयाँ देखि ५० रुपैयाँ र अन्य (वार्षिक अग्रिम भुक्तानी– मुद्धती) बीमा योजनामा २० रुपैयाँ देखि २५ रुपैयाँ सम्मको बोनस दर निर्धारण गरेको छ ।

महालक्ष्मी लाइफ इन्स्योरेन्स

महालक्ष्मी लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७५/७६ को आर्थिक स्थितिको लेखाजोखा र दायित्वको बीमांङ्किय मूल्याँकन गरी बीमितहरुलाई प्रदान गरिने पोलिसी बोनस घोषणा गरेको छ । कम्पनीले न्यूनतम ५० देखि अधिकतम ५२ रुपैयाँसम्मको बोनसदर घोषणा गरेको छ ।

महालक्ष्मी सावधिक र महालक्ष्मी सरल जीवन बीमा योजनामा प्रति हजार बीमांकमा ५० रुपैयाँ देखि ५२ रुपैयाँ सम्मको बोनस दर निर्धारण गरेको छ । यस्तै महालक्ष्मी जीवन हेरचार जीवन योजनामा ५० देखि ५१ रुपैयाँ बोनस दर कायम गरेको छ ।

नेपाल लाइफ इन्स्योरेन्स

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक बर्ष २०७५/७६ को बोसदर घोषणा गरिसकेको छ । कम्पनीले न्यूनमत ६५ देखि अधिकतम ८२ रुपैयाँसम्मको बोनसदर घोषणा गरेको छ ।

कम्पनीले सवाधिक तथा सामुहिक जीवन बीमा बीमालेख अन्तर्गत ( सुरक्षित जीवन, जीवन ज्योति, रुलर इन्डेमेन्ट एसुरेन्स, केटाकेटी, बालशिक्षा योजना, जीवन लक्ष्मी र जीवन सारथी) मा योजनामा ६५ देखि ८२ सम्मको बोनसदर घोषणा गरेको छ ।

त्यस्तै कम्पनीले सर्वाधिक तथा आजीवन (जीवन साहारा) मा  ६५ देखि ८२ सम्मको बोनसदर घोषणा गरेको छ ।

सानिमा लाइफ इन्स्योरेन्स

सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक बर्ष २०७५/७६ को बोनसदर घोषणा गरिसकेको छ  । कम्पनीले न्यूनतम २० रुपैयाँदेखि अधिकतम ६५ रुपैयाँ सम्मको बोनसदर घोषणा गरेको छ ।

कम्पनीको सावधिक जीवन बीमालेख ९ वर्ष अवधिसम्मको हकमा बोनसदर प्रति वर्ष प्रतिहजार ३५ रुपैयाँ  कायम भएको  छ। कम्पनीका अनुसार यो अवधिको बीमालेख ९५ वटा जारी भएका छन्। २५ वर्ष वा सो भन्दा माथि अवधिको बीमालेख खरिद गरेका बीमितले भने प्रतिहजार ६५ रुपैयाँ प्राप्त गर्ने छन्।

आईएमई लाइफ इन्स्योरेन्स कम्पनी 

आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७५/७६ को बोनसदर घोषणा गरेको छ। कम्पनीले न्युन्तम प्रतिहजार १३ रुपैयाँदेखि ७० रुपैयाँसम्मको बोनसदर घोषणा गरेको हो। आईएमईको सावधिक जीवन बीमालेखमा ९ वर्ष अवधिसम्मको लागि  प्रतिहजार २६ रुपैयाँ निर्धारण गरेको छ भने यसै पोलिसीको २५ वर्ष वा सो भन्दा बढि अवधिको लागि भने प्रतिहजार ७० रुपैयाँ कायम भएको छ। कम्पनीले यो बीमालेख १५देखि १९ वर्ष अवधिका मानिसहरुलाई मात्रै १२ हजार ४२९ वटा बीमालेख बिक्री गरेको छ। यो अवधिमा बीमितले प्रतिहजार ३१ रुपैयाँ बोनस प्राप्त गर्ने छन्।

सावधिक/ अग्रिम भुक्तानी तथा आजीवन बीमालेखको हकमा न्युनतम २६ रुपैयाँदेखि ७० रुपैयाँसम्म रहेको छ। त्यस्तै अग्रिम भुक्तानी सावधिक बीमालेखको बोनसदर पनि न्युनतम २६ रुपैयाँदेखि ७० रुपैयाँ नै रहेको छ। वार्षिक अग्रिम भुक्तानी सावधिक ‘धन सरिता’ बीमालेखको बोनसदर भने प्रतिहजार १३ रुपैयाँ मात्रै रहेको छ।

त्यस्तै, कम्पनीले सवाधिक जीवन बीमालेखमा ३५ देखि ६५ रुपैयाँसम्म बोनसदर निधारण गरेको छ भने सवाधिक तथा आजीवन बीमालेखमा पनि ३५ देखि ६५ रुपैयाँसम्म बोनसदर निधारण गरेको छ।

Bonus-RAte_75-76

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS