IME Life

लाभांश पारित गर्न स्वरोजगार लघुवित्तको एजिएम फागुन २९ गते, बुक क्लोज कहिले ?

SPIL
NIC ASIA

काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण सभा फागुन २९ गते वार्षिक साधारण सभा आह्वान गरेको छ । संस्थाको फागुन ७ गते, शुक्रबार बसेको सञ्चालक समितिको बैठकले उक्त सभाको मिति तय गरेको हो । सभा नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौँमा बिहान ११ः३० बजेदेखि सुरू हुने जनाएको छ ।

सभामा संस्थाको मंसिर १३ गते, शनिबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई १३.२७३ प्रतिशत बोनस शेयर र ०.६९८५७८९ प्रतिशत नगद (कर प्रयोजनका लागि) गरी कुल १३.९७१५७८९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

Prabhu
Crest

सभामा संस्थाको सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७६/७७ को लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डाहरू रहेका छन् ।

संस्थाले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि फागुन १५ गतेदेखि फागुन २८ गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, फागुन १३ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS