IME Life

लक्ष्मी लघुवित्तले दियो ३ शाखामा आवद्ध ग्राहकलाई २ दिने बेमौसमी तरकारी खेती तालिम

SPIL
NIC ASIA

काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले बझाङको चैनपुर, बैतडीको पाटन तथा अछामको साँफेबगर गरी ३ वटा शाखामा आवद्ध ग्राहकहरुलाई क्रमश २ दिने बेमौसमी तरकारी खेती तालिम प्रदान गरेको छ । माघ २७ गतेदेखि फाल्गुन ४ गते सम्म सञ्चालन भएको तालिममा व्यवसाय उन्मुख ६९ जना ग्राहकहरुलाई सहभागी गराइएको थियो ।

बेमौसमी तरकारी खेती सम्बन्धी सीप र क्षमतालाई अभिवृद्धि गरी स्वरोजगार सृजना गर्ने उद्देश्यका साथ उक्त तालिम आयोजना गरिएको थियो । तालिमको उद्धघाटन कार्यक्रममा उपस्थित स्थानीय पदाधिकारीहरुले बेमौसमी तरकारी खेती तालिमको माध्यमबाट सिकेका कुराहरुलाई व्यवहारमा उतारी महिला कृषकहरुले आर्यआर्जनका क्षेत्रलाई फराकिलो बनाई आर्थिक पाटो मजबुत बनाउनु पर्ने कुरा बताए ।

Prabhu
Crest

तालिमको सहजीकरण संस्थाका व्यवसाय प्रवद्र्धन अधिकृत (कृषिविशेषज्ञ) ओम प्रकाश भुसालले गरेका थिए ।

लक्ष्मी लघुवित्तले कर्जा, बचत बाहेक लघुवीमा, विप्रेषण र वित्तीय साक्षरता संगै महिलाहरुलाई उद्यमशीलताको माध्यमबाट महिला सशक्तिकरणमा टेवा पु¥याउने उद्धेश्यले क्षमता अभिवृद्धि तथा सीप विकास सम्बन्धी तालिमहरु सञ्चालन गर्दै आएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS