IME Life

अपर तामाकोशी हाइड्रोपावर ३ करोड १५ लाख खुद नोक्सानीमा

SPIL
NIC ASIA

काठमाडौं । अपर तामाकोशी हाइड्रोपावरले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । अपर तामाकोशी हाइड्रोपावरले प्रकाशन गरेको पुस मसान्तसम्मका वित्तीय विवरण अनुसार ३ करोड १५ लाख ७१ हजार खुद नोक्सानीमा रहेको छ ।

गत आर्थिक वर्षभन्दा यस वर्ष कम्पनीको खुद नोक्सानी बढेको हो । गत वर्ष यस अवधिसम्म कम्पनी २ करोड ३३ लाख रुपैयाँ खुद नोक्सानीमा थियो ।
यस वर्ष वित्तीय लागत गत वर्षभन्दा १० गुणा बढी भएकाले पनि खुद नोक्सानी बढेको देखिन्छ । गत आर्थिक बर्षमा ११ लाख ११ हजार वित्तीय लागत रहेको कम्पनीको यस वर्ष यो लागत १ करोड १२ लाख रुपैयाँ रहेको छ ।

Prabhu
Crest

दोस्रो त्रैमाससम्म कम्पनीले नेपाल विद्युत् प्राधिकरण मार्फत नेपाल सरकारको १२ अर्ब ५० करोड रुपैयाँ , संस्थापक शेयरधनीहरु नेपाल टेलिकम, नागरिक लगानीकोष र राष्ट्रिय बीमा संस्थानबाट १४ अर्ब रुपैयाँ दिर्घकालिन ऋण प्राप्त गरेको छ ।

साथै नेपाल विद्युत् प्राधिकरणबाटै २ अर्ब रुपैयाँ अल्पकालिन ऋणपनि कम्पनीले लिएको छ । दोस्रो त्रैमाससम्म कम्पनीको दिर्घकालिन कर्जा ४० अर्ब ८ करोड ३० लाख रुपैयाँ र अल्पकालिन कर्जा २ अर्ब ७५ करोड रुपैयाँ रहेको छ ।

हाल कम्पनीको चुक्ता पूँजी १० अर्ब ५९ करोड रुपैयाँ रहेको छ भने जगेडा कोष रकम भने ८२ करोड २० लाख रुपैयाँ ऋणात्मक रहेको छ । प्रतिशेयर आम्दानी ० दशमलव ३० ऋणात्मक रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ ९२ दशमलव २४ रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS