IME Life

बुटवल पावरको यस्तो देखियो दोस्रो त्रैमास

SPIL
NIC ASIA

काठमाडौं । बुटवल पावर कम्पनीले चालू आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तयि विवरण प्रकाशन गरेको छ । कम्पनीले यस अवधिसम्म १३ करोड ८३ लाख ९८ हजार रुपैयाँ खुद नाफा गरेको छ । गत वर्षको सोही अवधिसम्म कम्पनीले ८५ करोड ८८ लाख ६७ हजार रुपैयाँ कमाएको थियो । गत वर्षको दोस्रो त्रैमासको तुलनामा यस वर्ष कम्पनीको नाफा ८३ दशमलव ८९ प्रतिशत कम भएको हो ।

यस अवधिसम्ममा कम्पनीको विद्युत विक्री आम्दानी पनि गत वर्षभन्दा ३ दशमलव ५६ प्रतिशत कम भएको छ । गत वर्ष ४० करोड ४७ लाख ३७ हजार विद्युत विक्रीबाट आम्दानी गरेको कम्पनीले यस वर्ष ३९ करोड ३ लाख २० हजार मात्र आम्दानी गरेको हो ।

Prabhu
Crest

कम्पनीको सञ्चालन मुनाफा भने गत वर्षभन्दा ८१ दशमलव ८४ प्रतिशत कम भएको छ । गत वर्ष ९० करोड १० लाख १२ हजार सञ्चालन नाफा गरेको कम्पनीले यस वर्ष १६ करोड ३५ लाख ८९ हजार मात्र नाफा गरेको हो ।

सञ्चालन नाफा घटेसँगै कम्पनीको नाफामा कमी आएको हो । यस वर्ष कम्पनीको चुक्तापूँजी १० प्रतिशत बढी कायम भएको छ । १० प्रतिशत बोनस पछि कम्पनीको चुक्ता पूँजी २ अर्ब ९५ करोड १३ लाख ६१ हजार कायम भएको छ ।

नाफा घटेसँगै कम्पनीको जगेडा कोष रकम पनि गत वर्षभन्दा ८ दशमलव ६५ प्रतिशत कम भएको छ । गत वर्ष ४ अर्ब २९ करोड ९७ लाख ७९ हजार रहेको जगेडा कोष रकम यस वर्ष ३ अर्ब ९२ करोड ७८ लाख ५२ हजार कायम भएको हो । दोस्रो त्रैमाससम्म कम्पनीको प्रतिशेयर आम्दानी ४ रुपैयाँ ६९ पैसा र प्रतिशेयर नेटवर्थ २३३ रुपैयाँ ९ पैसा रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS