IME Life

सूर्योदय लघुवित्तको नाफा ६४% ले बढ्दा अन्य सूचक कस्तो ?

SPIL
NIC ASIA

काठमाडौँ । सूर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०७७/७८ को दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । दोस्रो त्रैमाससम्म आइपुग्दा संस्थाले ४ करोड ६० लाख ७० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा संस्थाको नाफा ६४ दशमलव ९० प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा संस्थाले २ करोड ७९ लाख ३७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

दोस्रो त्रैमाससम्म आइपुग्दा संस्थाले १२ करोड ४ लाख ४९ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको छ । गत वर्षको सोही अवधिको तुलनामा संस्थाको खुद ब्याज आम्दानी ६१ दशमलव ६१ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा संस्थाले ७ करोड ४५ लाख २७ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको थियो ।

Prabhu
Crest

त्यस्तै, दोस्रो त्रैमाससम्म आइपुग्दा संस्थाको सञ्चालन मुनाफा ३ करोड २ लाख ६८ हजार रुपैयाँ नोक्सानमा छ । गत आर्थिक वर्षको सोही अवधिमा संस्थाले ३ करोड ९२ लाख २१ हजार रूपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको थियो ।

समिक्षा अवधिमा संस्थाको प्रतिशेयर आम्दानी ४२ रुपैयाँ ८५ पैसा र प्रतिशेयर नेटवर्थ १७५ रुपैयाँ १३ पैसा रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS