IME Life

सानिमा बैंकको यस्तो देखियो दोस्रो त्रैमास

SPIL
NIC ASIA

काठमाडौं । सानिमा बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण प्रकाशन गरेको छ। यस अवधिसम्ममा बैंकले १ अर्ब ६ करोड २७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बैंकको नाफा ७ दशमलव ३८ प्रतिशतले कमी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब १४ करोड ४७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

पुस मसान्तसम्ममा ९ अर्ब ६८ करोड १५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा ३ अर्ब ६८ लाख रुपैयाँ संचिती रहेको छ । यस अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा ८९ करोड २६ लाख रुपैयाँ रहेको छ।

Prabhu
Crest

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ७ दशमलव ९८ प्रतिशत घटेर १ अर्ब ९९ करोड रुपैयाँमा सीमित भएको छ भने सञ्चालन मुनाफा ७ दशमलव २८ प्रतिशत घटेर १ अर्ब ५० करोड रुपैयाँमा कायम भएको छ।

समिक्षा अवधिमा बैंकको निक्षेप २ दशमलव ७९ प्रतिशत बढेर १ खर्ब १० अर्ब २४ करोड रुपैयाँ पुगेको छ । त्यस्तै, कर्जा लगानी ११ दशमलव ८८ प्रतिशत बढेर १ खर्ब १ अर्ब ६४ करोड रुपैयाँ पुगेको छ।

समीक्षा अवधिमा बैंकको प्रतिशेयर आम्दानी २६ रुपैयाँ ७ पैसाबाट घटेर २१ रुपैयाँ ९६ पैसामा सीमित भएको छ। त्यसैगरी, बैंकको प्रतिशेयर नेटवर्थ १४० रुपैयाँ २८ पैसा पुगेको छ । मूल्य आम्दानी अनुपात १६.७६ गुणा रहेको छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS