नेप्से १७ अंकले घट्यो, नेपाल लाइफको १ अर्ब माथि कारोबार

काठमाडौं । नेप्से १७ दशमलव ७९ अंकले घटेर २४२३ दशमलव ०९ को विन्दुमा कायम भएको छ । होटल र फाइनान्स बाहेक अन्य क्षेत्रको उपसूचक राताम्मे भएको छ। दिनभरिमा २ सय ७ सय वटा कम्पनीको १ करोड ९५ लाख ६२ हजार २ सय ३९ कित्ता शेयर किनबेच हुँदा ८ अर्ब २५ करोड रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।

नेपाल लाइफको १ अर्ब ४४ करोड रुपैयाँको कारोबार भएको छ । त्यस्तै, नेपाल बैंकको ५२ करोड २२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।गुराँस लघुवित्तका लगानीकर्ताले ९ दशमलव ९७ प्रतिशतका दरले कमाएका छन् भने प्रभु लाइफका लगानीकर्ताले ९ दशमलव ९४ का दरले कमाएका छन् ।

शिव श्री हाईड्रोपावरका लगानीकर्ताले ४ दशमलव १४ प्रतिशतका दरले गुमाएका छन् भने प्रोगेशिभ फाइनान्सका लगानीकर्ताले ४ दशमलव ५७ प्रतिशतले घटेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार