IME Life

अपि पावरको नाफा २४५% ले बढ्यो,अन्य सूचक कस्तो ?

SPIL
NIC ASIA

काठमाडौँ । अपि पावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०७७/७८ को दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । दोस्रो त्रैमाससम्म आइपुग्दा कम्पनीले १४ करोड ३२ लाख १२ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको नाफा २४५ दशमलव ७९ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ४ करोड १४ लाख १५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

कम्पनीको चुक्ता पूँजी १ अर्ब ९२ करोड ९७ लाख रुपैयाँ रहेको छ । जगेडा कोषमा २९ करोड ७० लाख ८१ हजार रूपैयाँ संचिती रहेको छ ।

Prabhu
Crest

समिक्षा अवधिमा कम्पनीले विद्युत विक्री वापत २४ करोड १९ लाख ६७ हजार रूपैयाँ आम्दानी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले विद्युत विक्री वापत १३ करोड ५० लाख ३५ हजार रुपैयाँ मात्र आम्दानी गरेको थियो ।

कम्पनीको अन्य स्रोतबाट हुने आम्दानी पनि १४ लाख ५ हजार रुपैयाँबाट बढेर ६ करोड १७ लाख ७० हजार रुपैयाँ पुगेको छ ।

दोश्रो त्रैमासमा कम्पनीको प्रतिशेयर आम्दानी पनि ६ रुपैयाँ ९६ पैसाबाट बढेर १४ रुपैयाँ ८४ पैसा पुगेको छ । कम्पनीको प्रतिशेयर नेटवर्थ पनि १०९ रुपैयाँ ७१ पैसाबाट बढेर ११५ रुपैयाँ ३९ पैसा पुगेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS