IME Life

निर्जिवन बीमा कम्पनीहरुको अभूतपूर्व प्रगति ( तुलनात्मक अबस्थासहित)

SPIL
NIC ASIA

काठमाडौं । निर्जिवन बीमा ब्यवसायमा कुल बीमा शुल्क आर्जनको दृष्टिले हेर्दा शिखर इन्स्योरेन्स सबैभन्दा अगाडि देखिएको छ भने उसलाई नेको इन्स्योरेन्सले पछ्याएको छ । सबैभन्दा कमजोर देखिदै आएको यूनाइटेड इन्स्योरेन्सले समकालीनहरुलाई पछि पारेर कुल बीमा शुल्क  बढाएको छ ।

बीमा समितिले उपलब्ध गराएको विवरण अनुसार यस आर्थिक बर्षको पुस मसान्तसम्मको कुल बीमा शुल्क आर्जनको आधारमा हेर्दा शिखर इन्स्योरेन्सले दुई अर्ब ११ करोड बीमा शुल्क आर्जन गरेर अग्रता कायमै राखेको छ

Prabhu
Crest

त्यसैगरी दोस्रोमा नेको इन्स्योरेन्स एक अर्ब ३५ करोड बीमा शुल्क सहित शिखर इन्स्योरेन्सलाई भेट्ने लक्ष्य लिएको देखिन्छ ।

नोटः यसअघिको तालिकामा गलत आँकडा तुलना भएकाले सच्याईएको छ । यसमा राष्ट्रिय बीमा, भारतका नेशनल र ओरियन्टलको बीमा शुल्क भने समाबेश छैन ।

सगरमाथा, सिद्धार्थ इन्स्योरेन्स र एनएलजी इन्स्योरेन्सको कुल बीमा शुल्क आर्जनलाई पनि कम आँक्न मिल्दैन ।

त्यसो त विगतमा राम्रो प्रगति देखाउन नसकेको यूनाइटेड इन्स्योरेन्सले भने नयाँ र पुराना गरी पाँच वटा निर्जिवन बीमालाई पछि पार्दै अब भने राम्रै गति लिएको देखिन्छ ।

राष्ट्रिय बीमा कम्पनीको भने पुस मसान्तसम्मको विवरण प्राप्त हुन सकेको छैन ।

यसरी हेर्दा निर्जिवन बीमा कम्पनीहरुको प्रगति आगामी बर्षहरुमा झन् बढेर जाने देखिन्छ । दीर्घकालीन लगानीका लागि उत्तम विकल्पहरुमा निर्जिवन बीमाको सेयर हुनसक्छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS