IME Life

सक्सेस स्लो बाईक प्रतियोगिताको उपाधी श्रेष्ठलाई

SPIL
NIC ASIA

काठमाडौं । तिब्र गतिमा मोटरसाइकल चलाउने कार्यलाई निरुत्साहित गरेर दुर्घटनालाई न्यूनिकरण उदेश्यले शुक्रबार नेपालगंजमा आयोजना गरिएको स्लो बाईक प्रतियोगिताको प्रथम उपाधी आशिष श्रेष्ठले हात पारेका छन् ।

सक्सेस फोरम, नेपालगञ्जको आयोजना र जिल्ला ट्राफिक प्रहरी कार्यालयको सहकार्यमा गरिएको सो प्रतियोगितामा रितेस मल्ल द्धितिय, सन्दीप यादव तृतिय भएका छन् भने राजु नागले सान्त्वना पुरस्कार हात पार्न सफल भएका छन् । प्रतियोगितामा अम्बिका काफ्लेलाई उत्कृष्ट महिला चालक घोषित गरिएको छ ।

Prabhu
Crest

ट्राफिक नियममा रहेर सावधानी पुर्वक मध्यम गतिमा सवारी साधन चलाउने सन्देश प्रवाह गर्न आयोजना गरिएको सो स्लो बाईक प्रतियोगिताको उदघाटन पुर्व मन्त्री तथा बाँके क्षेत्र नम्बर २ का संघिय सांसद मोहम्मद ईश्तियाक राईले गरेका थिए ।

उनले पछिल्लो समयमा तिव्र गतिका कारण दुर्घटनाहरु अत्याधिक बढेको हुँदा यस्ता प्रतियोगिताले ट्राफिक नियमको पालना र धेरै तिव्र गतिमा बाईक चलाउन नहुने सन्देश दिने बताए ।
साथै यस प्रकारका जनचेतनामूलक कार्यक्रमहरु निरन्तर रुपमा भैरहनु पर्ने कुरामा जोड दिंदै पुर्वमन्त्री राईले मोटरसाइकल चालकहरुले ट्राफिक नियम र गतिमा ध्यान दिए मात्रै आधा भन्दा कम दुर्घटना रोकिने बताए ।

सो अवसरमा प्रतियोगिता आयोजक सक्सेस फोरमका संस्थापक अध्यक्ष सीता बोहराले दुर्घटना न्यूूनिकरणमा सहयोग पुरयाउने उदेश्यले आफुहरुले गत ६ वर्षदेखि यो कार्यक्रम हरेक वर्ष गरिरहेको जानकारी दिएकी थिईन ।

प्रतियोगितामा १ सय ५ जना युवाहरूको सहभागीता रहेको आयोजक फोरमले जनाएको छ ।प्रतियोगितामा विजेतालाई १० हजार १०० द्धित्तिय हुनेलाई ५ हजार १०० तृतिय हुनेलाई ३ हजार १०० र सान्त्वना हुनेलाई २ हजार १ सय रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको थियो । पुरस्कार वितरण बाँकेका प्रहरी प्रमुख एसपी ओम बहादुर रानाले गरेका थिए ।

२०६८ सालबाट यो प्रतियोगिताको शुरुवात गरेर हालसम्म हरेक वर्ष गरिरहेको सक्सेस फोरमका अध्यक्ष सुर्यमणि पोडेलले जानकारी दिए । कार्यक्रममा स्वागत तथा कार्यक्रमको उदेश्यमाथि प्रकाश संस्थाकि सह सचिव तुलसा पन्थीले पारेकि थिईन भने संचालन महासचिव बामदेव पोख्रेलले गरेका थिए ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS