IME Life

६ महिनामा जीवन बीमा कम्पनीहरुको आर्जन गरे ६३ अर्ब माथि बीमाशुल्क, कसको कति ?

SPIL
Sanima Reliance
GBIME

काठमाडौं । हाल संचालनमा रहेका १९ वटा जीवन बीमा कम्पनीहरुले चालु आर्थिक बर्षको ६ महिनाको अवधिमा ६३ अर्ब २० करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।

Source :Beema Samiti

बीमा समितिले उपल्ब्ध गराएको तथ्याङ्क अनुसार जीवन बीमा कम्पनीहरुले ६ महिनाको अवधिमा ७७ लाख २५ हजार २ सय ६४ वटा बीमा पोलिसी जारी गरि ६३ अर्ब २० करोड रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएका हुन् ।

Prabhu
Crest

समितिको तथ्याङ्क अनुसार पुस मसान्तसम्ममा जीवन बीमा कम्पनीहरुमध्ये सबैभन्दा धेरै बीमाशुल्क आर्जन गर्ने कम्पनी नेपाल लाइफ इन्स्योरेन्स रहेको छ । कम्पनीले यस अवधिसम्ममा १७ अर्ब ६२ करोड रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएको छ ।

दोस्रोमा लाइफ इन्स्योरेन्स कर्पोशन (नेपाल) रहेको छ । कम्पनीले यस अवधिसम्ममा ९ अर्ब ६१ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ ।

तेस्रोमा सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा संस्थान रहेको छ । कम्पनीले यस अवधिसम्ममा ५ अर्ब ८१ करोड रुपैयाँ आर्जन गर्न सफल भएको छ ।

त्यस्तै, समितिको तथ्याङ्क अनुसार नेशनल लाइफले ५ अर्ब ५४ करोड रुपैयाँ, यूनियन लाइफले ३ अर्ब ३० करोड रुपैयाँ, एशियन लाइफले ३ अर्ब १६ करोड रुपैयाँ, सूर्या लाइफले २ अर्ब २८ करोड रुपैयाँ, गुँरास लाइफले २ अर्ब १३ करोड रुपैयाँ, मेट लाइफले २ अर्ब ५ करोड रुपैयाँ र प्राइम लाइफले २ अर्ब २ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।

त्यसैगरी, ज्योति लाइफले १ अर्ब ४४ करोड रुपैयाँ, सिटिजन लाइफले १ अर्ब ४४ करोड रुपैयाँ, रिलायबल लाइफले १ अर्ब ३४ करोड रुपैयाँ,  आइएमई लाइफले १ अर्ब २३ करोड रुपैयाँ,रिलायन्स लाइफले १ अर्ब १७ करोड रुपैयाँ, सन नेपाल लाइफले ९९ करोड रुपैयाँ, सानिमा लाइफले ९७ करोड रुपैयाँ,  प्रभु लाइफले ६३ करोड रुपैयाँ र महालक्ष्मी लाइफले ४६ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS