IME Life

आइपीओ निष्काशन प्रस्ताव सहित महालक्ष्मी लाइफले बोलायो साधारण सभा, यस्ता छन् अन्य एजेण्डा

SPIL
NIC ASIA

काठमाडौँ । महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले तेश्रो वार्षिक साधारण सभा फागुन ३ गते गर्ने भएको छ । कम्पनीको माघ ७ गते, बुधबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार उक्त सभाको मिति तय भएको छ । सभा होटल याडिसन, लाजिम्पाट, काठमाडौंमा बिहान ११ बजेबाट सुरु हुने कम्पनीले जनाएको छ ।

सभामा कम्पनीको सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७५/७६ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गरिनेछ । त्यस्तै, कम्पनीको आर्थिक वर्ष २०७५/७६ को लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरू छलफल गरी पारित गरिने जनाएको छ ।

Prabhu
Crest

त्यसैगरी सभामा आर्थिक वर्ष २०७६/७७ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक पनि तोकिनेछ । सभामा आइपिओ निष्कासन गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।

सभामा कम्पनीको संचाल समितिमा समुह क संस्थापक शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने पाँच जना संचालक निर्वाचन गर्ने, संचालक समितिको बैठक भत्ता लगायतका एजेण्डा रहेका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS