IME Life

एनसीसी बैंकको वार्षिक साधारणसभा सम्पन्न, लाभांश प्रस्ताव पारित

SPIL
NIC ASIA

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंक( एनसीसी )को ,बार्षिक साधारणसभा सम्पन्न भएको छ। बैंकको केन्द्रीय कार्यालय, बागबजार काठमाण्डौंमा आर्थिक वर्ष २०७६/७७ को २३औं वार्षिक साधारणसभा सम्पन्न भएको हो ।

उक्त सभामा प्रस्ताव गरिएको १०.२६९५ प्रतिशत बोनस शेयर र सो बोनस शेयर जारी गर्दा लाग्ने कर प्रयोजनको लागि ०.५४०५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव सहित सबै प्रस्तावहरु सर्वसम्मत रुपमा पारित भई सम्पन्न भएको छ ।

Prabhu
Crest

यसै साधारण सभाबाट संस्थापक समुह “क” बाट तीन (३) जना र सर्वसाधारण समुह “ख” बाट एक (१) जना महिला सहित तीन (३) जना गरी जम्मा छ (६) जना सञ्चालकहरुको निर्विरोध रुपमा निर्वाचित गरेकोछ । साथै साधारण सभा पश्चात बसेको सञ्चालकहरुको बैठकबाट श्री उपेन्द्रकेशरी न्यौपानेलाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गरेको छ । समुह “क”बाट सञ्चालकहरुमा श्री मोहन बहादुर बस्नेत र श्री ईमान सिंह लामा निर्वाचित हुनु भएको छ भने समुह “ख” बाट श्री चन्द्रप्रसाद बास्तोला, श्री सुमन कुमारी जोशी र श्री निशेष प्रधान निर्वाचित हुनु भएको छ ।

साथै, सभाबाट पारित १०.२६९५ प्रतिशत बोनस शेयर पश्चात यस बैंकको चुक्ता पूँजी रु १० अर्ब ३१ करोड ४५ लाख १६ हजार ६ सय ८० पुग्नेछ ।हाल बैंकले ७ वटै प्रदेशमा गरी जम्मा १२७ शाखा र १०२ वटा एटिएम सञ्चालन गरी आफना ग्राहकहरुलाई स्तरीय सेवा प्रदान गरिरहेको छ ।

बैंकले आर्थिक वर्ष २०७६/७७ मा रु. ७९ अर्ब ६१ करोड ७० लाख निक्षेप परिचालन तथा रु. ६७ अर्ब ८१ करोड ९४ लाख कर्जा प्रवाह गरी खुद नाफा रु. १ अर्ब १० करोड ८४ लाख आर्जन गरेकोछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS