IME Life

कृषि विकास बैंकले माग्यो ठुलो संख्यामा कर्मचारी, के के हुन् पद ?

SPIL
NIC ASIA

काठमाडों । कृषि विकास बैंकले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । बैंकले रिक्त रहेका पदहरुमा खुल्ला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्धारा परिपूर्ति गर्न ३ सय २६ जना कर्मचारीको लागि दरखास्त आह्वान गरेको छ ।

बैंकले प्रशासन तर्फ वरिष्ठ शाखा प्रमुख ३ जना, शाखा प्रमुख ५ जना, वरिष्ठ लेखा अधिकृत १७ जना, व्यवसाय अधिकृत ४४ जना, एमआईसी अधिकृत ४ जना, कम्प्यूटर अधिकृत ४ जना, कानुन अधिकृत ९ जना, व्यवसाय सहायक ११९ जना, कानुन सहायक ३ जना र लेखापाल ६२ जना गरि जम्मा २ सय ७० जना कर्मचारी माग गरेको हो ।

Prabhu
Crest

त्यसैगरी प्राविधिक तर्फ, वरिष्ठ आइटी इन्जिनियर ८ जना, आइटी इन्जिनियर ११ जना, सिभिल इन्जिनियर ३ जना, कर्जा अधिकृत २० जना र ऋण सहायक १४ जना गरी २६ जनाको लागि कर्मचारीको माग गरेको जनाएको छ ।

ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले माघ २९ गतेसम्म आवेदन दिन सक्नेछन् भने दोब्बर दस्तुर तिरी माघ ३० गतेदेखि फागुन ६ गतेसम्म आवेदन दिन सक्ने बैंकले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS