IME Life

जीवन बीमा कम्पनीहरुको शाखा २ हजार नजिक, कुनको कति पुग्यो ?

SPIL
NIC ASIA

काठमाडौं । हाल संचालनमा रहेका १९ वटा जीवन बीमा कम्पनीहरुमा १ हजार ९ सय १९ शाखा कार्यालयहरु संचालनमा रहेका छन् ।बीमा समितिले उपल्ब्ध गराएको तथ्याङ्क अनुसार जीवन बीमा कम्पनीहरुले १ हजार ९ सय १९ वटा शाखा कार्यालयहरु मार्फत बीमीतहरुलाई बीमा सेवा प्रदान गर्दै आएका छन् ।

पछिल्लो समय बीमा कम्पनीहरुले शाखा तथा उप शाखा कार्यालयहरु विस्तार गर्दै आएका छन् । बीमा व्यवसाय विस्तार, बीमाप्रति जनमानसको चासोका साथै बीमा पहुँचमा पनि विस्तार भएकाले बीमा कम्पनीहरुको शाखा तथा उप शाखा कार्यालय पनि विस्तार हुँदै आएका हुन् ।

Prabhu
Crest
Source : Beema Samiti

बीमा समितिको तथ्याङ्क अनुसार नेपाल लाइफ इन्स्योरेन्सको सबैभन्दा धेरै शाखा रहेको छ । हालसम्म नेपाल लाइफको शाखा कार्यालय सङख्या १ सय ९६ रहेको छ । त्यस्तै, दोस्रोमा यूनियन लाइफ इन्स्योरेन्स रहेको छ । हालसम्म यूनियन लाइफ इन्स्योरेन्स कम्पनीको शाखा कार्यालय सङख्या १ सय ७८ रहेको छ ।

त्यसैगरी प्राइम लाइफ इन्स्योरेन्सको १ सय ५५, एशियन लाइफ इन्स्योरेन्सको १ सय ४२, ज्योति लाइफ इन्स्योरेन्सको १ सय १८, सिटिजन लाइफ इन्स्योरेन्सको १ सय १४, नेशनल लाइफ इन्स्योरेन्सको १ सय ३, आइएमई लाइफ इन्स्योरेन्सको १ सय ३, रिलायन्स लाइफ इन्स्योरेन्सको ९७, सानिमा लाइफ इन्स्योरेन्सको ९६ र सूर्या लाइफ इन्स्योरेन्सको ९३ वटा शाखा कार्यालयहरु संचालनमा रहेका छन् ।

प्रभु लाइफ इन्स्योरेन्सको ९०, लाइफ इन्स्योरेन्स कर्पोरेशनको ८४, रिलायबल नोपाल लाइफ इन्स्योरेन्सको  ८२, गुराँस लाइफ इन्स्योरेन्सको ७८, सन नेपाल लाइफ इन्स्योरेन्सको ७७, महालक्ष्मी लाइफ इन्स्योरेन्सको ६०, मेट लाइफ इन्स्योरेन्सको ३३ र सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा संस्थान इन्स्योरेन्सको २० वटा शाखा कार्यालयहरु संचालनमा रहेका छन् ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS