IME Life

सनराइज बैंकले ल्यायो कन्ट्याक्टलेस ट्याप टू पे कार्ड सेवा

SPIL
NIC ASIA

काठमाडौं । सनराइज बैंकले कार्ड मार्फत हुने भुक्तानीलाई अझै सहज, आधुनिक र विश्वस्तरिय बनाउने उद्देश्यका साथ कन्ट्याक्टलेस डेबिट, क्रेडिट र अन्तर्राष्ट्रिय डेबिट कार्डको सुरुवात गरेको छ ।

उक्त कार्डको प्रयोग गरी पोइन्ट अफ सेल (पीओएस) मा कारोबार गर्दा पीन राख्नु नपर्ने र कार्डलाई पीओएसमा ट्याप गरेर सजिलै कारोबार गर्न सकिने छ । यस कार्ड मार्फत हुने कारोबार छिटो, छरितो र सहज हुने बैंकको विश्वास छ ।

Prabhu
Crest

उक्त कार्डबाट ट्याप एण्ड पे गर्न ट्याउ सुविधायुक्त पीओएसको आवश्यकता पर्दछ । बैंकले हालको पीओएसलाई स्तरोन्नत्ती गरी ट्याप सुविधायुक्त पीओएस उपत्यकाका विभिन्न रेस्टुरेन्ट, सपिङ्गमल आदि ठाउँहरुमा राख्ने कामको थालनीे गरिेसकेको छ । उक्त कार्ड ट्याप इनेबल्ड पीओएस मा ट्याप मार्फत र अन्य पीओएसमा स्वाप वा इनसर्ट गरी चलाउन सकिने बैंकले जनाएको छ ।

अन्तर्राष्ट्रिय स्तरको सुरक्षा व्यवस्था रहेको उक्त एनएफसी (नियर फिल्ड कम्युनिकेशन टेक्नोलोजी) कन्ट्याक्टलेश कार्ड मार्फत हाललाई बिना पीन अधिकतम २ हजार रुपैंयासम्मको कारोबार गर्न सकिने छ भने २ हजार रुपैंयाभन्दा बढीको कारोबार गर्दा पीन जरुरी हुन्छ ।

हालसम्म बैंकले १६० एटिएम, १३९ शाखा, २ हजारभन्दा बढि मर्चेन्ट नेटवर्क, ८ हजार रेमिट्यान्स एजेन्ट मार्फत ७ लाख भन्दा बढि ग्राहकहरुलाई स्वदेश तथा विदेशमा समेत सेवा प्रदान गर्दै आएको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS