आज सर्वाधिक कारोबार भएको नेपाल लाइफको फ्लोरसिटले के देखायो ?

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा आज सर्वाधिक कारोबार भएको नेपाल लाइफको शेयर ९ दशमलव ०९ प्रतिशतले बढेको छ । नेप्सेको मार्केट डेप्थको तथ्याङ्क अनुसार कम्पनीको शेयर २२४ रुपैयाँले बढेर २ हजार ६ सय ८९ रुपैयाँमा कारोबार बन्द भएको छ ।

आज कम्पनीको फ्लोरसिट हेर्दा नेपाल लाइफको ५७ नम्बर ब्रोकरबाट सर्वाधिक खरिद भएको छ । ५७ नम्बर ब्रोकरबाट ६ करोड ६६ लाख बराबरको शेयर खरिद भएको छ । त्यस्तै दोश्रोमा ६ नम्बर ब्रोकरबाट ४ करोड ९२ लाख बराबरको शेयर खरिद भएको छ।

त्यत्सै बिक्री तर्फ ३४ नम्बर ब्रोकरबाट ९ करोड ८९ लाख बराबरको बिक्री भएको छ भने ५८ नम्बर ब्रोकरबाट ६ करोड ५६ लाख बराबरको बिक्री भएको छ।

(नोट : प्राविधिक कारणले यस अघिको तथ्याङ्क फरक पर्न गएकोमा नयाँ तथ्यांक हालेका छौ )

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार