IME Life

सेयर विश्लेषक भट्टराइको शेयर मन्त्र नामक पुस्तक बजारमा

SPIL
NIC ASIA

काठमाडौं । सेयर बजार विश्लेषक रविन्द्र भट्टराइले शेयर मन्त्र नामक सेयर बजार सम्बन्धि नयाँ किताब बजारमा ल्याएका छन् । २०७७ माघ ४ गते आइतवार आमाका हातबाट फेसवुक मार्फत भट्टराइले किताव सार्वजनिक गरेका हुन । कितावले सर्वसाधारणमा शेयर बजार सम्बन्धि रहेका विभिन्न प्रकारका भ्रमलाई चिर्ने भट्टराइले दावि गरेका छन ।

सेयर बजारमा पैसा बनाउन निकै चलाख हुनु पर्छ भन्ने एउटा भ्रम छ । त्यस्तै सेयर र जुवाका बारेमा अर्को भ्रम रहेको छ । पोर्टफोलियो बनाउने कुरामा भ्रम छ । बजार घट्दा जोखिम हुन्छ भन्ने भ्रम छ । त्यस्तै महिलाले लगानी गरेर पैसा बनाउन सक्दैनन र लगानी भनेको पुरुषले गर्ने हो भन्ने अर्को भ्रम पनि रहेकोछ । लगानीकर्ता वा सेयर बजारमा यस्ता अनेकौ भ्रमहरु रहेका छन । जस्लाई चिर्न, लगानी प्रति सर्वसाधारणलाई उत्प्रेरित गर्न, राम्रो प्रतिफलका लागि सेयर छनौट गर्ने र पोर्टफोलियो बनाउने रणनीति सिकाउने मन्त्र हरु प्रदान गर्न यो पुस्तक सहयोगी हुने विश्वास गरिएको छ ।

Prabhu
Crest

भट्टराइका अन्य पुस्तक भन्दा यो पुस्तक विल्कुलै फरक भएको उनले बताएका छन । भट्टराइले यसअघि नेपालको सेयर बजार, सेयरको आधारभूत विश्लेषण, सेयरको प्राविधिक विश्लेषण, सेयर बाट करोडपति जस्ता सेयर बजार सम्बन्धि पुस्तकहरु लेखि सकेका छन् । त्यस्तै सेयर बजार सम्बन्धि आशा नामको चलचित्र निर्माण र दोहोरी गीत समेत ल्याएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS