IME Life

आठ जीवन बीमा कम्पनीको ५ अर्ब ५ करोडको आइपीओ आउँदै, निष्काशनपछि कति पुग्छ चुक्ता पूँजी ?

SPIL
NIC ASIA

काठमाडौं । ८ वटा जीवन बीमा कम्पनीको ५ अर्ब ५ करोड रुपैयाँ बराबरको साधारण शेयर निष्काशन हुँदैछ । बीमा समितिको प्रावधान अनुसार निर्जीवन बीमा कम्पनीहरुको चुक्ता पूँजी १ अर्ब र जीवन बीमा कम्पनीहरुले चुक्ता पूँजी २ अर्ब रुपैयाँ पुराउँनुपर्नेछ । जसका लागि बीमा कम्पनीहरुले ३० प्रतिशत शेयर सर्वसाधारणको लागी छुटाउँनु पर्नेछ ।

हाल नेपालमा ३९ वटा बीमा कम्पनीहरु सञ्चालित छन् । जसमध्ये १९ वटा लाइफ इन्स्योरेन्स कम्पनी र २० वटा निर्जीवन बीमा कम्पनीहरु संचालित रहेका छन् । बीमा समितिले दिएको निर्देशन अनुसार १२ वटा जीवन बीमा कम्पनी कम्पनीहरुले आइपीओ निष्काशन गरी तोकिएको चुक्ता पूँजी पुर्याइसकेका छन् भने अब बाँकी ८ वटा जीवन बीमा कम्पनीहरुले पनि आइपीओ निष्काशन गरी तोकिएको चुक्ता पुँजी पुर्याउने तयारीमा जुटेका छन् ।

Prabhu
Crest

कुन कम्पनीले कति गर्दै छन आइपीओ निष्काशन ?
अब बाँकी ८ वटा जीवन बीमा कम्पनीहरुले ५ अर्ब ५ करोड रुपैयाँको आइपिओ निष्काशन तथा विक्री खुला गर्न लागेका छन् । जसमा सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले ७५ करोड , आईएमई लाइफले ६० करोड, ज्योति लाइफले ६६ करोड, महालक्ष्मी लाइफले ६० करोड, रिलायवल नेपाल लाइफले ६० करोड, सानिमा लाइफले ६० करोड, सन नेपाल लाइफले ६० करोड र युनियन लाइफले ६४ करोड ५० लाख रुपैंयाको आइपिओ निष्काशन गर्दैछन् ।

आइपीओ जारीपछि कति पुग्छ चुक्ता पूँजी ?
आईपिओ जारी भएपछि सानिमा लाइफ इन्स्योरेन्स कम्पनी, रिलायवल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, आईएमई लाइफ इन्स्योरेन्स कम्पनी ,महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी र सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको चुक्ता पूँजी २ अर्ब पुग्नेछ । त्यसैगरी सिटिजन लाईफ इन्स्योरेन्स कम्पनीको २ अर्ब ५० करोड, ज्योति लाईफ इन्स्योरेन्स कम्पनीको २ अर्ब २० करोड रुपैयाँ, युनियन लाईफ इन्स्योरेन्स कम्पनीको २ अर्ब १५ करोड रुपैयाँ चुक्ता पूँजी पुग्नेछ ।

कुनले कति पाए रेटिङ ?
युनियन लाइफले निष्काशन गर्न लागेको आईपीओलाई इक्रा नेपालले इक्रा एनपि आईपीओ ग्रेड ४ प्लस प्रदान गरेको छ । उक्त आइपीओले कम्पनीको समग्र वित्तीय अवस्था औसतभन्दा कमजोर रहेको जनाँउछ । आइपीओ निष्काशन तथा विक्री प्रबन्धकमा एसबिआइ मर्चेन्ट बैंकिङ्गलाई नियुक्त गरेको छ ।

सन नेपाल लाइफले पनि आईपिओको रेटिङ्ग गराइसकेको छ । सन नेपाल लाइफको आईपीओलाई केयर रेटिङ्ग नेपालले ग्रेड ४ दिएको छ । जसले औसतभन्दा कमजोर वित्तीय अवस्था रहेका जनाँउछ ।

त्यस्तै, सिटिजन लाईफ इन्स्योरेन्स कम्पनीले ट्रिपल बी– रेटिङ पाएको छ । कम्पनीले जारी गर्न लागेको आईपिओलाई इक्रा रेटिङमा रेटिङ गराउँदा बीबीबी– रेटिङ पाएको हो । जीवन बीमा कम्पनीहरुमध्येमा पाएको यो उत्कृष्ट रेटिङ हो । ट्रिपल बी– रेटिङले कम्पनीको वित्तीय अवस्था निकै बलियो रहेको पुष्टि गर्दछ ।

ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले ट्रिपल बी रेटिङ पाएको छ । कम्पनीले जारी गर्न लागेको आइपीओमा केयर रेटिङ नेपालले उक्त रेटिङ प्रदान गरेको हो । ट्रिपल बी– रेटिङले कम्पनीको वित्तीय अवस्था निकै बलियो रहेको पुष्टि गर्दछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS