सुनको भाउ बढ्यो, कति छ तोलाको भाउ ?

काठमाडौं । नेपाली बजारमा सुनको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलवार छापावाला सुन प्रतितोला ९२ हजारमा कारोबार भएको छ ।

सोमवार छापावाला सुनको मूल्य प्रतितोला ९१ हजार ६०० रुपैयाँ मा कारोबार भएको थियो । तेजाबी सुन प्रतितोला ९१ हजार ५०० रुपैयाँमा कारोबार भएको छ । सोमवार तेजाबी सुन प्रतितोला ९१ हजार १०० मा कारोबार भएको थियो ।

त्यसैगरी, मंगलवार चाँदीको मूल्यमा पनि वृद्धि भएको छ । सोमवार प्रतितोला १ हजार २ सय ३० रुपैयाँमा कारोबार भएको चाँदी मंगलवार प्रतितोला १ हजार २ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार