IME Life

नेपाल लाइफद्धारा मृतकको परिवारलाई बीमा वापतको १ करोड ३२ लाख दाबी भुक्तानी

SPIL
NIC ASIA

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले जीवन बीमा गराएका स्व. सुरेश बहादुर केसीको परिवारलाई १ करोड ३२ लाख ५० हजार मत्यु दाबी भुक्तानी हस्तान्तरण गरेको छ । कोरोनाको कारण मृत्यु भएका केसीका परिवारलाई नेपाल लाइफ इन्स्योरेन्स कम्पनि पोखरा प्रमुख लगायतको टोलीले केसीकी श्रीमतिलाई उक्त रकम हस्तान्तरण गरेको हो ।

केसीले नेपाल लाइफ इन्स्योरेन्समा जीवन बीमा गराएका थिए । करीब १ करोडको जीवन बीमा गराएका केसीले ५ किस्ता मात्र बुझाए पछि उनको निधन भएको थियो । श्रीमति केसीले श्रीमानको मृत्यले दुखित भएता पनि परिवारका लागी उक्त बीमा रकमले सहयोग पुगेको बताइन् ।

Prabhu
Crest

उक्त दाबी वापतको रकम नेपाल लाइफ इन्स्योरेन्सका क्षेत्रीय प्रमुख पोखराका दशरथ झा , पोखरा शाखा प्रमुख कुशल सिंह थापा र बरिष्ठ अभिकर्ता प्रबिन पोख्रेलले मृतकका परिवारलाई हस्तान्तरणगरेका हुन् ।

क्षेत्रीय प्रमुख झाले कम्पनिले मृत्यु दाबी भुक्तानीलाई उच्च प्राथमिकतामा राखेको बताए। त्यस्तै बरिष्ठ अभिकर्ता प्रविन पोख्रेलले छिटो छरितो मृत्युदाबी भुक्तानीका कारण बिमाप्रति आम मानिसको बिश्वास बढेको समेत जानकारी दिए ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS