IME Life

गुहेश्वरी मर्चेण्ट बैंकिङ्गको नगद लाभांश शेयरधनीको बैंंक खातामा जम्मा

SPIL
NIC ASIA

काठमाडौं । गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्स लिमिटेडले शेयरधनीको बैंंक खातामा नगद लाभांश जम्मा गरिदिने भएको छ । कम्पनीको गत पुस २८ गतेको साधारणसभाले पारित गरेको नगद लाभांश माघ ५ गतेदेखि शेयरधनीको बैंक खातामा जम्मा गरिदिने जनाएको छ ।

गत पुस २० गतेसम्म हितग्राही खातामा बैंक खाता अद्यावधिक गर्ने शेयरधनीहरुको हकमा कम्पनीको साधारणसभाले पारित गरेको ३ दशमलव ४ प्रतिशत नगद लाभांश आजदेखि बैंक खातामा जम्मा गरिदिने जानकारी गरिएको छ ।

Prabhu
Crest

उक्त समयपछि हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका शेयरधनीहरुलाई अद्यावधिक गरेपछि मात्र लाभांश खातामा जम्मा गरिने कम्पनीले जनाएको छ । शेयर प्रमाणपत्र अभौतिकीकरण नगराउने शेयरधनीहरुलाई आफ्नो शेयर प्रमाणपत्र अभौतिकीकरण गराई हितग्राही खातामा आफ्नो बैंक खाता अद्यावधिक गराई नगद लाभांश प्राप्त गर्न कम्पनीले आग्रह गरेको छ ।

पुस २० गतेसम्म आफ्नो शेयर धितो बन्धक राखि कर्जा लिएका शेयरधनीहरुको हकमा सम्बन्धीत बैंक तथा वित्तीय संस्थाबाट ‘नो अब्जेक्सन लेटर’ प्राप्त भए पश्चात मात्र बैंक खातामा लाभांश जम्मा गरिने छ । उक्त समयपछि कर्जा चुक्ता भूक्तानी गरेका शेयरधनीको हकमा सम्बन्धित बैंक तथा वित्तीय संस्थाको फुकुवा पत्र प्राप्त भए पश्चात मात्र बैंक खातामा जम्मा गरिने समेत कम्पनीले बताएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS