IME Life

फर्स्ट माइक्रोफाइनान्सको नाफामा सामान्य गिरावट, अन्य सूचक कस्तो ?

SPIL
NIC ASIA

काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा लघुवित्तले ६ करोड २८ लाख रुपैयाँ खुद नाफा कमाएको छ। गत आर्थिक वर्षको सोही अवधिमा लघुवित्तले ६ करोड ६९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। गत आर्थिक वर्षको सोही अवधिको तुलनामा संस्थाको नाफा ६ दशमलव ०४ प्रतिशतले कमी हो ।

८७ करोड ६८ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा १९ करोड ९० लाख रुपैयाँ सञ्चित छ। समीक्षा अवधिमा लघुवित्तको सञ्चालन मुनाफा भने ५ दशमलव ८३ प्रतिशत घटेर ९ करोड ९८ लाख रुपैयाँमा सीमित भएको छ।

Prabhu
Crest

संस्थाले यस अवधिसम्ममा खुद ब्याज आम्दानी सामान्य बढेको छ । यस अवधिसम्ममा लघुवित्तले ११ करोड ६३ लाख ९२ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद ब्याज आम्दानी ९ दशमलव ९९ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १० करोड ५८ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

पुस मसान्तसम्ममा लघुवित्तले ७ अर्ब १ करोड ९४ लाख रुपैयाँ सपाटीबाट ६ अर्ब ६७ करोड ३१ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ। लघुवित्तको निष्क्रिय कर्जा शून्य रहेको छ।

पुस मसान्तसम्ममा लघुवित्तको प्रतिशेयर आम्दानी १४ रुपैयाँ ३४ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ४८.४५ गुणा रहेको छ। लघुवित्तको प्रतिशेयर नेटवर्थ १२२ रुपैयाँ ७० पैसा रहेको छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS