हिमालयन बैंकद्धारा भूतपूर्व सैनिक सेवा समाजलाई सहयोग

काठमाडौं । हिमालयन बैंक लिमिटेडद्वारा चन्द्रागिरी नगरपालिका–७ बाणस्थली स्थित भूतपूर्व सैनिक सेवा समाजलाई एक थान कम्प्युटर सेट प्रदान गरेको छ । बैंकले उक्त संस्थालाई आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व पुरा गर्ने क्रममा सो कम्प्युटर सेट हस्तान्तरण गरेको हो ।

बैंकका तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक राणाले उक्त कम्प्युटर सेट भूतपूर्व सैनिक सेवा समाजका अध्यक्ष हुमलाल अधिकारीलाई हस्तान्तरण गरे ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार