IME Life

एनसीसी बैंकको एजिएम माघ ९ गते, लाभांश पारितसँगै यस्ता छन् अन्य एजेण्डा

SPIL
NIC ASIA

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडको वार्षिक साधारण सभा माघ ९ गते हुने भएको छ । बैंकको पुस १५ गते, बिहीबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार बैंकको २३औं वार्षिक साधारण सभा माघ ९ गते, शुक्रबार, बैंकको केन्द्रिय कार्यालय, बागबजार, काठमाडौँमा बिहान १० बजेदेखि भर्चुअल माध्यमबाट सञ्चालन हुने बैंकले जनाएको छ ।

सभामा बैंकको पुस ३ गते, शुक्रबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई १० दशमलव २६९५ प्रतिशत बोनस र ० दशमलव ५४०५ प्रतिशत नगद ९कर प्रयोजनका लागि० वितरण गर्ने प्रस्ताव रहेका छन् ।

Prabhu
Crest

सभा अन्य कुनै बैंक तथा वित्तीय संस्था प्राप्ति गर्ने वा एकआपसमा गाभ्नेरगाभिने प्रयोजनका लागि उपयुक्त बैंक वा वित्तीय संस्थाको पहिचान र छनोट गर्ने, समझदारीपत्रमा हस्ताक्षर गर्ने तथा वैदेशिक रणनीतिक साझेदारीमा जान उपयुक्त देखिएमा बैंकको चल अचल सम्पत्ति र दायित्व तथा कारोबारको मूल्यांकन गर्न राष्ट्रिय वा अन्तर्राष्ट्रिय मान्यता प्राप्त मूल्यांकनकर्ता नियुक्ति गर्ने लगायतका कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि सभामा पेश हुनेछ ।

साथै, सभामा बैंकको सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७६/७७ को लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरू छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डाहरू रहेका छन् ।

त्यसैगरी, बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि पुस २१ गते एक दिन बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, पुस २० गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS