रिलायबल नेपाल लाइफद्धारा वैदेशिक रोजगार मृत्यु दाबी भुक्तानी

काठमाडौं । रिलायबल नेपाल लाइफले वैदेशिक रोजगार अन्तर्गतमृत्यु बीमा दाबी भुक्तानी वापत १३ लाख रुपैयाँ बराबरको रकम भुक्तानी गरेको छ ।

कम्पनीले एक कार्यक्रम आयोजना गरि मृतक बीमीत यज्ञ प्रसादको गुरुङको परिवारलाई उक्त रकम हस्तान्तरण गरेको हो । मृतक बीमीते गुरुङको वैदेशिक रोजगारको क्रममा मृत्यु भएको थियो ।

सो कार्यक्रममा कम्पनीको ताहाचालका कलस्टर प्रमुख नविन श्रेष्ठले बीमीतहरुलाई समयमानै दाबी भुक्तानी गर्नु कम्पनीको दायित्व भएको हुँदा दाबी भुक्तानी यथासिघ्र गर्ने कम्पनीको नीति अनुरुप दाबी भुक्तानी भएको बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार