SKIP THIS

IK Anniversary
IME Life

म्यादी बीमालेख गराउनेको संख्या घट्यो, पाँच महिनामा ७ करोड बीमाशुल्क आर्जन

SPIL
NIC ASIA

काठमाडौं । बीमा पुलमार्फत संचालन हुँदै आएको म्यादी जीवन बीमाशुल्क ७ करोड रुपैयाँ मात्र उठेको छ । चालु आर्थिक वर्ष २०७७।७८ को मंसिर मसान्तसम्ममा जीवन बीमा कम्पनीहरुले वैदेशिक रोजगारीमा जानेहरुलाई पुलमार्फत संचालन गरिएको म्यादी बीमा बापत ७ करोड रुपैयाँ बीमा शुल्क आर्जन भएको छ ।

जीवन बीमा कम्पनीहरुले पाँच महिनाको अवधिमा ६ लाख २९ हजार ५ सय ७३ वटा वैदेशिक रोजगार बीमालेख बिक्रि गरि उक्त बीमाशुल्क आर्जन गरेका हुन् । म्यादी बीमा गर्नेको संख्यामा पछिल्लो समयमा निकै कमी आएको छ । बीमा समितिले दिएको तथ्याङ्कलाई हेर्दा विगतका तुलनामा म्यादी बीमा गर्नेको संख्या कम देखिएको हो । कोभिड–१९ को प्रभावका कारण वैदेशिक रोजगारीमा जानेको सङख्या घटेसँगै म्यादी बीमामा यसको प्रत्यक्ष प्रभाव देखिएको बीमा कम्पनीका अधिकारीहरु बताउँछन् ।

Prabhu
Crest

बीमा समितिको तथ्याङक अनुसार मंसिर मसान्तसम्ममा चार वटा पुल व्यवस्थापक कम्पनीमध्ये सिटिजन लाइफ इन्स्योरेन्सले सबैभन्दा धेरै बीमाशुल्क आर्जन गर्न सफल भएको छ । कम्पनीले यस अवधिसम्ममा ४ करोड रुपैयाँ बीमा शुल्क आर्जन गर्न सफल भएको छ ।

त्यस्तै, नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले १ करोड रुपैयाँ नेपाल लाइफले १ करोड रुपैयाँ, नेपाल लाइफले १ करोड रुपैयाँ, सन नेपाल लाइफले १ करोड रुपैयाँ वैदेशिक रोजगार बीमामार्फत बीमाशुल्क आर्जन गर्न सफल भएको छ ।

२०६४ देखि नेपालमा वैदेशिक रोजगारीमा जाने कामदारले वैदेशिक रोजगार म्यादी जीवन बीमा गर्नुपर्ने व्यवस्था सुरु भएको हो । विदेशमा जाने कामदार असुरक्षित बन्दै गएपछि सरकारले जारी गरेको वैदेशिक रोजगार ऐन २०६४ को दफा २६ मा बीमा गर्नुपर्ने व्यवस्था हो।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS