IME Life

नेपाल इन्फ्रास्ट्रकचर बैंकको आइपीओमा २ लाख ८५ हजारले दिए आवेदन

SPIL
NIC ASIA

काठमाडौं । नेपाल इन्फ्रास्ट्रकचर बैंकले आजदेखि निष्काशन गरेको आइपीओमा पहिलो दिनमै साढे २ लाख बढीको आवेदन परेको छ ।कम्पनीको बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटलका अनुसार आज ४ः४० बजेसम्म आइपीओमा २ लाख ८५ हजार आवेदकले ३ करोड ७० लाख कित्ताको लागि आबेदन दिएका छन् ।

बैंकले  निष्काशन गरेकोआइपीओमा पहिलो दिनको दिउँसो ४ः४० बजेसम्ममा २ लाख ८५ हजार ३ सय १८ जना आवेदकबाट ३ अर्ब ७० करोड रुपैयाँ बराबरको ३ करोड ७० लाख ६२ हजार ६७० कित्ताको लागि आबेदन परेको छ।

Prabhu
Crest

पहिलो दिनमा निफ्राको आइपीओमा परेको माग कुल निष्काशनको झन्डै आधा हो। बैंकले एक सय रुपैयाँ अंकित दरका ८ करोड कित्ता शेयर अर्थात ८ अर्ब बराबरको आईपिओ निष्काशन गर्न लागेको हो।

जसमध्ये ० दशमलव २० प्रतिशत अर्थात १ लाख ६० हजार कित्ता कर्मचारीहरुको लागि र ५ प्रतिशतले हुन आउने ४० लाख कित्ता सामुहिक लगानी कोषको लागि छुट्याईएको छ। बाँकि रहेको ७ करोड ५८ लाख ४० हजार कित्ताको लागि सर्बसाधारणले आवेदन दिन सक्ने छन् । आवेदन दिँदा न्युनतम १० कित्ता र अधिकतम २ करोड कित्ताको लागि आवेदन दिन सकिने छ ।

कम्पनीको आइपिओलाई रेटिङ एजेन्सी इक्रा नेपाल लिमिटेडले इक्राएनपी बीबीबी रेटिङ प्रदान गरेको छ । आइपीओ निष्काशन तथा विक्री प्रबन्धकमा एनआईबीएल एस क्यापिटल रहेको छ । उक्त आईपिओ छिटोमा माघ ६ गते बन्द हुनेछ भने ढिलोमा अर्थात सबै बिक्री नभएको अवस्थामा माघ १६ गते निष्काशन बन्द हुनेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS