एशियन लाईफको नवनियुक्त सिइओ श्रेष्ठद्धारा पदभार ग्रहण

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्सको नवनियुक्त प्रमुख कार्यकारी अधिकृत दिनेश लाल श्रेष्ठले पदभार ग्रहण गरेका छन् । श्रेष्ठलाई मंसिर २९ गते सोमबार बीमा समितिले सीईओ बन्नको लागि स्वीकृती दिएको थियो ।

श्रेष्ठ एशियन लाइफका पूर्व संचालक समेत रहेका थिए । त्रिभुवन विश्वविद्यालयबाट ए.म.बी.ए.सम्मको अध्ययन पूरा गरेका श्रेष्ठ गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्समा सीईओको रुपमा कार्यरत थिए ।

राजेश कुमार श्रेष्ठको कार्यकाल सकिएपछि होमबहादुर श्रेष्ठले निमित्त सीईओको जिम्मेवारी सम्हाली रहेका थिए । माघ १ गते देखि लागु हुने गरि ४ वर्षे कार्यभार अब श्रेष्ठले सम्हाल्ने छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार