कोरोना खोप ‘कोभिसिल्ड’लाई नेपालमा आपतकालीन प्रयोगको अनुमति

काठमाडौं । कोरोना भाइरस खोप ‘कोभिसिल्ड’लाई नेपालमा आपतकालीन प्रयोगको अनुमति दिएको छ  । औषधि व्यवस्था विभागको वि.स २०७७ माघ २ गते बसेको बैठकले कोरोना भाइरस कोभिड १९ विरुद्धको खोप ‘कोभिसिल्ड’लाई नेपालमा आपतकालीन प्रयोगको अनुमति दिएको हो ।

भारतीय कम्पनी सेरम इन्स्टिच्युटले उत्पादन गरेको कोभिसिल्ड नामक कोरोनाविरूद्धको खोपलाई नेपालमा पनि आपतकालीन प्रयोग गर्न अनुमति दिइएको हो ।

कोभिसिल्ड’ अक्सफोर्ड युनिभर्सिटीले एस्ट्राजेनेकासँग मिलेर विकास गरेको खोप हो । सरकारले कोरोना भाइरसविरुद्धको खोप प्रयोग गर्न अनुमति दिइएको यो पहिलो खोप हो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार