IME Life

प्रभु लाईफ इन्स्योरेन्सको शेयर बिक्री गर्ने शून्य, सेटिङमा मात्रै कारोबार !

SPIL
NIC ASIA

काठमाडौं । प्रभु लाईफ इन्स्योरेन्स कम्पनीको शेयर कारोबार सुरु भएको दुई साता पुग्न लाग्दा समेत स्वतन्त्र रुपमा खरिद बिक्री हुन सकेको छैन । शेयर कारोबार भएको नौ दिन सम्ममा पनि कारोबार सुरु हुनुअघि तोकिएको अधिकतम् मूल्यको सीमामा पुग्न नसक्नु र शेयर बिक्रेता शुन्य हुनुले प्रभु लाईफ इन्स्योरेन्स कम्पनीको शेयर कारोबार सेटिङमा मात्रै भइरहेको देखिएको छ ।

आज अपरान्ह सम्मको अवस्था हुँदा प्रभु लाईफ इन्स्योरेन्स कम्पनीको जम्मा ३० कित्ता शेयर कारोबार भएको छ । उक्त कम्पनीको शेयर खरिद गर्न छ हजार पाँच सय २९ जना लगानीकर्ता लाईनमा देखिएका छन् । तर, उक्त कम्पनीको शेयर बिक्री गर्न कोही पनि इच्छुक देखिएका छैनन् ।

Prabhu
Crest

आज अपरान्हसम्ममा २१ लाख तीन हजार ३०२ कित्ता शेयर खरिद गर्न अर्डर गरेका छन् । तर, उक्त मूल्यमा शेयर बिक्री गर्ने कोही पनि नहुँदा एकपक्षिय हुँदै आएको छ । कारोबार सुरु भएदेखि नै प्रभु लाईफ इन्स्योरेन्स कम्पनीको शेयरमा बिक्रेता शून्य, खरिदकर्ताको लामो लाइन रहँदै आएको छ ।

कम्पनीको बास्तविक शेयर मूल्य तय नहुँदा बजारमा बिक्रेता आएका छैनन् भने खरिदकर्ताको लामो लाईन छ । सुरुमा तोकिएको अधिकतम मूल्य प्रतिकित्ता ३२८.६८ रुपैयाँ तोकिएको भएपनि शेयर कारोबार भने १३७ रुपैयाँमा भएको थियो । यो समाचार तयार पार्दासम्म कम्पनीको शेयर मूल्य २६९ रुपैयाँमा अन्तिम कारोबार भएको छ । म्याचिङ भई पहिलो कारोबार हुँदा अधिकतम् मूल्यमा कारोबार भएको भए अहिलेसम्म ५०० रुपैयाँ प्रतिकित्ता पुगिसक्ने थियो ।

पहिलो कारोबार न्यूनतम् मूल्यमा हुँदा दैनिक १० प्रतिशत सर्किटका कारण प्रभु लाईफ इन्स्योरेन्स कम्पनीको शेयर मूल्य खरिदकर्ता र बिक्रेताले चाहेको बास्तविक मूल्यमा हुन सकेको छैन । बिक्रेताले बास्तविक मूल्य नआई शेयर बिक्री गर्न नचाहेकोले अहिले भइरहेका शेयर कारोबार सेटिङमा भइरहेको अनुमान गरिएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS