IME Life

१० कम्पनीको साधारण सभा आज हुँदै, के के छन् एजेण्डा ?

SPIL
NIC ASIA

काठमाडौं । आज तीव वटा वाणिज्य बैंकसहित १० कम्पनीको साधारण सभा हुँदैछ । एभरेष्ट बैंक लिमिटेड, हिमालयन बैंक, मितेरी डेभलपमेन्ट बैंक लिमिटेड,एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेड,समृद्धि फाइनान्स कम्पनी लिमिटेड,छ्याङदी हाइड्रोपावर लिमिटेड, प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, माउन्टेन इनर्जी नेपाल लिमिटेड, माउन्टेन हाइड्रो नेपाल लिमिटेड, सिडीएस एण्ड क्लियरिङ्ग लिमिटेडको साधारण सभा आज हुँदैछ ।

हिमालयन बैंक लिमिटेडको पुस २ गते, बिहीबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार बैंकको २८औं वार्षिक साधारण सभा बैंकको केन्द्रिय कार्यालय, कमलादी, काठमाडौँमा बिहान ११ बजेबाट भर्चुअल माध्यमबाट सञ्चालन हुने जनाएको छ ।

Prabhu
Crest

बैंकको मंसिर १४ गते, आइतबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार आर्थिक वर्ष २०७६/०७७ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई १४ प्रतिशत बोनस शेयर र ६ प्रतिशत नगद गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि पुस १४ गतेदेखि पुस २७ गतेसम्म बैंकको बुकक्लोज गरेको छ । त्यसैले, पुस १३ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।

एभरेष्ट बैंक लिमिटेडको मंसिर ३० गते, मंगलबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार बैंकको २६औं वार्षिक साधारण सभा बैंकको केन्द्रिय कार्यालय, लाजिम्पाट, काठमाडौंमा बिहान ११ बजेबाट सुरू हुने जनाएको छ ।

सभामा बैंकको कार्तिक १९ गते, बुधबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार आर्थिक वर्ष २०७६/०७७ को सञ्चित मुनाफाबाट बैंकका शेयरधनीहरूलाई ५ प्रतिशत बोनस शेयर र ५ दशमलव ५३ प्रतिशत नगद (कर प्रयोजनका लागि) गरी कुल १० दशमलव ५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि पुस १० गतेदेखि पौष २७ गतेसम्म बैंकको बुकक्लोज गरेको छ । त्यसैले, पुस ९ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।

एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडको पुस ५ गते, आइतबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार संस्थाको ८औं वार्षिक साधारण सभा होटल पोखरा, ग्रान्ड, पार्दी, पोखरामा बिहान ११ बजेबाट सुरू हुने जनाएको छ ।

सभामा संस्थाको मंसिर ९ गते, मंगलबार बसेको सञ्चालक समितिको बैठकमा आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई १९ प्रतिशत बोनस शेयर र १ प्रतिशत नगद (कर प्रयोजनका लागि) गरी कुल २० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

संस्थाले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि पुस १४ गतेदेखि पुस २७ गतेसम्म बुकक्लोज गरेको छ । त्यसैले, पुस १३ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।

मितेरी डेभलपमेन्ट बैंक लिमिटेडको पुस २ गते, बिहीबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार बैंकको १५औं वार्षिक साधारण सभा सुनसरी उद्योग वाणिज्य संघ, धरान, सुनसरीमा बिहान १०ः३० बजेबाट सुरू हुनेछ ।

सभामा बैंकको मंसिर १९ गते, शुक्रबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई १५ प्रतिशत बोनस शेयर र ०.७९ प्रतिशत नगद (कर प्रयोजनका लागि) गरी कुल १५ दशमलव ७९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिने लगायतका एजेण्डा छ ।

बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि पौष १४ गतेदेखि पुस २७ गतेसम्म बैंकको बुकक्लोज गरेको छ । त्यसैले, पुस १३ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।

त्यस्तै, समृद्धि फाइनान्स कम्पनी लिमिटेडको पुस ५ गते, आइतबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार फाइनान्सको १९औं वार्षिक साधारण सभा होटल सामना, हेटौँडा, मकवानपुरमा बिहान ११ बजेबाट भर्चुअल माध्यमबाट सञ्चालन हुनेछ ।

सभामा हाल कायम चुक्ता पुँजीको २ः१ को अनुपातमा ५० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव पेश गरिनेछ । फाइनान्सले साधारण सभा प्रयोजनका लागि पुस २२ गतेदेखि पुस २७ गतेसम्म बुक क्लोज गरेको छ । त्यसैले, पुस २१ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन सक्नेछन् ।

छ्याङदी हाइड्रोपावर लिमिटेडको मंसिर ३० गते मंगलबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार कम्पनीको सातौँ वार्षिक साधारण सभा कम्पनीको केन्द्रिय कार्यालय, काठमाडौंमा बिहान ११ बजेबाट सुरू हुनेछ ।

सभामा कम्पनीको मंसिर ३० गते मंगलबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई ५ प्रतिशत बोनस शेयर र ०.२६ प्रतिशत नगद (कर प्रयोजनका लागि) गरि कुल ५ दशमलव २६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

कम्पनीले साधारण सभा तथा लाभांश वितरण गर्ने प्रयोजनका लागि पुस १७ गते एक दिन बुकक्लोज गरेको थियो । त्यसैले, पुस १६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।

त्यसैगरी प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार कम्पनीको १३औं वार्षिक साधारण सभा कम्पनीको प्रधान कार्यालय हात्तीसार काठमाडौंमा बिहान ११ः३० बजे सुरू हुने बताएको छ ।

सभामा कम्पनीको मंसिर १२ गते, शुक्रबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार आर्थिक वर्ष २०७५र७६ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई हाल कायम रहेको चुक्ता पूँजीको ७ प्रतिशत बोनस शेयर र ८ प्रतिशत नगद (कर प्रयोजनका लागि) गरी कुल १५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

कम्पनीले साधारण सभा तथा लाभांश वितरण गर्ने प्रयोजनका लागि पुस १७ गते एक दिन बुकक्लोज गरेको थियो । त्यसैले, पुस १६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।

माउन्टेन इनर्जी नेपाल लिमिटेडको पुस ३ गते, शुक्रबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार कम्पनीको सातौँ वार्षिक साधारण सभा आम्रपाली ब्याङ्क्वेट, भाटभटेनी, काठमाडौंमा बिहान ११ बजेबाट भर्चुअल माध्यममार्फत सञ्चालन हुनेछ ।

कम्पनीले साधारण सभा प्रयोजनका लागि पुस १७ गते एक दिन बुकक्लोज गरेको छ । त्यसैले, पुस १६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीले मात्र साधारण सभामा भाग लिन सक्नेछन् ।

त्यस्तै, माउन्टेन हाइड्रो नेपाल लिमिटेडको पुस ४ गते शनिबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार कम्पनीको चौथो तथा पाँचौ वार्षिक साधारण सभा कालीमाटी ब्याक्वेंट, बिहान ११ बजेबाट सुरू हुनेछ ।

कम्पनीले साधारण सभा प्रयोजनका लागि पुस १३ गतेदेखि पुस २७ गतेसम्म बुकक्लोज गरेको छ । त्यसैले, पुस १२ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीले मात्र साधारण सभामा भाग लिन सक्नेछन् ।

त्यसैगरी सिडीएस एण्ड क्लियरिङ्ग लिमिटेडको पुस ५ गते, आइतबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार दशौँ वार्षिक साधारण सभा कम्पनीको केन्द्रिय कार्यालय पुतलीसडक, काठमाडौंमा बिहान ९ बजेबाट सुरु हुने जनाएको छ ।

सभामा कम्पनीको सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट १५ प्रतिशत लाभांश वितरण गर्ने लगायतका विभिन्न प्रस्ताव रहेका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS