IME Life

चार कम्पनीको साधारण साभा आज हुँदै, यस्ता छन् प्रस्ताव

SPIL
NIC ASIA

काठमाडौं । चार वटा कम्पनीको साधारण सभा आज आइतवार हुने भएको छ । प्रभु बैंक, लुम्बिनी विकास बैंक, बरुण हाइड्रोपावर र नेपाल बङ्गलादेश बैंकले साधारण सभा आज हुँदैछ ।

नेपाल बङ्गलादेश बैंकले रजिष्टर्ड कार्यालयमा बिहान ११ बजे साधारण सभा बोलाएको छ । सभाले ६ प्रतिशत बोनस शेयर र २ दशमलव ४२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । उक्त कम्पनीको लाभांश पुस ९ गते सम्म कायम शेयरधनीले पाउनेछन् ।

Prabhu
Crest

प्रभु बैंकले केन्द्रीय कार्यालयमा बिहान ११ बजे साधारण सभा बोलाएको छ । सभाले १० प्रतिशत बोनस शेयर र शून्य दशमलव ५३ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । पुस ९ गतेसम्म कायम शेयरधनीेले लाभांश पाउनेछन् ।

त्यस्तै, बरुण हाइड्रोपावर कम्पनीले बिहान १० बजे युनियन हाउस अनामनगरमा साधारण सभा बोलाएको हो । सभाले ५ प्रतिशत बोनस शेयर र शून्य दशमलव २६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । उक्त कम्पनीको लाभांश पुस १५ गतेसम्म कायम शेयरधनीले पाउनेछन् ।

त्यसैगरी लुम्बिनी विकास बैंकले पनि केन्द्रीय कार्यालय काठमाडौंमा बिहान ११ बजे साधारण सभा बोलाएको हो । सभाले प्रस्ताव गरेको ७ प्रतिशत बोनस शेयर र ३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।पुस १३ गते सम्म कायम शेयरधनीले लाभांश पाउनेछन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS