IME Life

शेयर कारोबारको राफसाफ २ दुईदिन भित्र गर्न धितोपत्र बोर्डको निर्देशन

SPIL
NIC ASIA

काठमाडौं । नेपाल धितोपत्र बोर्डले शेयर कारोबार राफसाफ कारोबार समयको दुई दिनभित्र सम्पन्न गर्न मातहतका निकायलाई निर्देशन दिएको छ । बोर्डले यसअघिको कारोबार समयको तीन दिनभित्र राफसाफ गर्ने निर्णयलाई संशोधन गर्दै दुई दिनभित्र कारोबार राफसाफ गर्ने व्यवस्था (टी+२) लागू गरेको हो ।

बोर्डले उक्त व्यवस्था सिडिएस एण्ड क्लियरिङ हाउसले आवश्यक व्यस्थापन गरी सार्वजनिक सूचनामार्फत गर्ने बोर्डले जनाएको छ । टी+२ लागू भएपछि कारोबार समय छोट्टिएर धितोपत्र कारोबार थप गतिशिल, सहज र सरल हुने विश्वासका साथ नयाँ व्यवस्था लागू गरिएको धितोपत्र बोर्डका सह–प्रबक्ता रुपेश केसीद्वारा जारी बिज्ञप्तिमा उल्लेख छ ।

Prabhu
Crest

यसअघि शेयर कारोबार टी+३ हुँदा धेरै लगानीकर्ताहरुले आफूले किनेको शेयर खातामा नपाएर बढि मूल्य आउँदा समेत बिक्री गर्न पाएका थिएनन् । हालको व्यवस्थाले शेयर कारोबारमा थप सहज हुने विश्वास गरिएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS