नेपाल फाइनान्समा ललितपुर फाइनान्स गाभिने, सहमति पत्रमा हस्ताक्षर

काठमाडौं । नेपाल फाईनान्स कम्पनीमा ललितपुर फाइनान्स कम्पनी गाभिने भएको छ । दुई संस्थाले गाभ्ने, गाभिने सम्बन्धी सम्झौता पत्रमा हिजो हस्ताक्षर गरेका छन् ।

नेपाल फाइनान्स कम्पनीले जनाए अनुसार बिहिवार साँझ ५ः३० बजे दुई कम्पनीबीच मर्जरमा जाने सहमति पत्रमा हस्ताक्षर भएको हो । सम्झौता अनुसार नेपाल फाइनान्स कम्पनीले ललितपुरस्थित लगनखेलमा रहेको ललितपुर फाइनान्स प्राप्ति गर्ने विधि अनुसार गाभिने छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार