सिंगटी हाईड्रो पावरको आईपिओ माघ ४ गतेबाट जारी हुने

काठमाडौं । आगामी माघ २ गतेदेखि जारी हुने पूर्वाधार बैंकको आठ अर्बको मेगा आईपिओसँग जुधाएर सिंगटी हाईड्रो पावर कम्पनीले आईपिओ जारी गर्ने निर्णय गरेको छ । सिंगटी हाइड्रोले आगामी माघ ४ गतेदेखि स्थानीय बासिन्दाका लागि आइपीओ जारी गर्ने सूचना आज प्रकाशित गरेको छ । जलबिद्युत उत्पादन गर्दै आएको कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि पहिलो चरणको प्राथमिक शेयर जारी गर्न लागेको हो ।

कम्पनीले उद्योग प्रभावित क्षेत्र दोलखा जिल्लाको अति प्रभावित क्षेत्र बिगु र कालिन्चोक गाउँपालिकाका बासिन्दाहरुका लागि एक सय रुपैयाँ अंकित दरमा १४ करोड ५० लाख रुपैयाँ बराबरको १४ लाख ५० हजार कित्ता आईपीओ बिक्री गरिने सूचनामा जनाइएको छ ।

नेपाल धितोपत्र बोर्डबाट पुस २१ गते अनुमति पाएको सिंगटीले आइपीओमा स्थानीयले छिटोमा माघ ४ गतेदेखि १८ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक मेगा क्यापिटल लिमिटेड रहेको छ । आइपीओमा स्थानिय बासिन्दाले न्युनतम १० कित्तादेखि २ लाख कित्तासम्मको लागि आवेदन दिन सक्ने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार