IME Life

तीन कम्पनीको साधारण सभा आज हुँदै, यस्ता छन् एजेण्डा

SPIL
NIC ASIA

काठमाडौं । तीन वटा कम्पनीको साधारण सभा आज हुने भएको छ । युनाइटेड मोदी हाइड्रोपावर कम्पनी, बोटलर्स नेपाल तराई र सिनर्जी पावर डेभलपमेण्ट कम्पनीको साधारण सभा आज हुने भएको हो ।

युनाइटेड मोदी हाइड्रोपावर कम्पनीले कम्पनीको रजिष्टर्ड कार्यालय हेरिटेज प्लाजा कमलादीमा बिहान ११ बजे साधारण सभा बोलाएको छ । सभाले ५ दशमलव २६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । गत पुस ४ गतेसम्म कायम शेयरधनीले लाभांश पाउनेछन् ।

Prabhu
Crest

त्यस्तै, बोटलर्स नेपाल तराईले कम्पनीको रजिष्टर्ड कार्याल बालाजु दिउँसो २ बजे साधारण सभा बोलाएको हो । सभाले आव २०७६/७७ को वार्षिक प्रतिवेदन पारित गर्नेछ ।

सिनर्जी पावर डेभलपमेण्ट कम्पनीले रजिष्टर्ड कार्यालय नक्सालमा बिहान ११ बजे साधारण सभा बोलाएको हो । सभाले ४ दशमलव ७५ प्रतिशत बोनस शेयर र शून्य दशमलव २५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । उक्त कम्पनीको लाभांश पुस ११ गतेसम्म कायम शेयरधनीले पाउने कम्पनीले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS