IME Life

नयाँ ऐतिहासिक रेडर्क कायम गर्दै छ अंकले ऋणात्मक भयो नेप्से

SPIL
NIC ASIA

काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा साताको दोस्रो दिन आज शेयर मूल्यमा ऐतिहासिक उतार चढावका बीचमा छ अंकले ऋणात्मक भएर कारोबार बन्द भएको छ ।

नेप्सेमा उचार चढावका बीचमा नयाँ ऐतिहासिक रेडर्क २२१४.४९ अंकमा पुगेर तल झरेको छ । सोमबार नेप्से ६.३६ अंकले बढ्दा कूल नेप्से परिसूचक २१६९.०४ कायम हुन आएको छ ।

Prabhu
Crest

नेप्सेमा तीव्र उतार चढावका बीच कारोबार रकम भने मध्यम देखिएको छ । सोमबार एक करोड १६ लाख ४३ हजार ४२९ कित्ता शेयर कारोबारबाट पाँच अर्ब ९६ करोड १७ लाख ३३ हजार १२२ रुपैयाँको कारोबार भएको छ । सोमबार २०२ वटा कम्पनीको कारोबार भएको छ ।

कारोबार सुरु हुने वित्तिकै एक्कासी ४० अंकले बृद्धि भएको नेप्से दिनभर घटबढ हुँदै कारोबार बन्द हुँदा ऋणात्मक भएको हो । आइतबारको तुलनामा सोमबार कारोबार समेत केही घटेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS