IME Life

एशियन लाईफको सीईओमा दिनेशलाल श्रेष्ठलाई नियुक्त गर्न बीमा समितिको स्वीकृती

SPIL
NIC ASIA

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सीईओमा दिनेशलाल श्रेष्ठ नियुक्त हुने भएका छन् । श्रेष्ठलाई सोमबार बीमा समितिले सीईओ बन्नको लागि स्वीकृती दिएको समिति स्रोतले जनाएको छ । माघ १ गते देखि लागु हुने गरि ४ वर्षे कार्यकालको लागि श्रेष्ठ सीईओ नियुक्त भएका हुन्।

एशियन लाइफका पूर्व संचालक समेत रहेका श्रेष्ठलाई सीईओ बनाउनका लागि बीमा समितिमा तीन साताअघिनै संचालक समितिले सिफारिस गरेको थियो ।

Prabhu
Crest

त्रिभुवन विश्वविद्यालयबाट एमबीएसम्मको अध्ययन पूरा गरेका श्रेष्ठ  गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्समा सीईओको रुपमा कार्यरत छन्  ।

राजेश कुमार  श्रेष्ठको कार्यकाल सकिएपछि होमबहादुर श्रेष्ठले  निमित्त सीईओको जिम्मेवारी सम्हाली  रहेका छन् । नव नियुक्त सीईओ श्रेष्ठले माघ १ गते देखि कार्यभार सम्हाल्ने छन्।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS