IME Life

जीवन बीमा व्यवसायको प्रबद्र्धनमा बीमा कम्पनी र अभिकर्ताको भुमिका

SPIL
NIC ASIA

गणेश सुवेदी

आजको दिनमा मानव जिवनमा धेरै जोखिमको सामना गर्नुपर्ने अवस्था सृजना भएको छ । कहिले कोभिड–१९ महामारी, कहिले प्राकृतिक बिपत्ति त कहिले दुर्घटनाको सामाना गर्नुपरेको छ । यी कारणले मानव जातिले मानवीय तथा भौतिक क्षति बहन गर्दै आइरहेका छन् । मानव जिवनमा आउने यिनै जोखिम, अनिश्चितता र आर्थिक हानी नोक्सानीका कारण बीमाको उत्पती भएको मानिन्छ ।

तर आजको दिनमा नेपालमा जीवन बीमाप्रति सर्वसाधरण जनतामा अविश्वास सृजना भएको अवस्था छ । बीमा कम्पनीहरु हरेक क्षेत्रमा आफै पुग्न असम्भव छ । कम्पनिको प्रतिनिधित्व गरेर पुग्ने भनेको बीमा कम्पनीका अभिकर्ताहरु हुन् । बीमा कम्पनीहरुले यी अभिकर्ताहरु लाई पुर्ण बिश्वास गरेर आफ्नो प्रतिनिधिको रुपमा स्वीकारेका पनि छन् । तर बिमा क्षेत्रमा काम गर्ने कतिपय अभिकर्ताहरुसँग आफ्नो कम्पनीको बीमा पोलिसीको बारेमा पनि जानकारी छैन । यस्तो अवस्थामा यी अभिकर्ताहरुले बजारमा सर्वसाधरण मानिससँग पाँच बर्ष, १० बर्ष वा १५ बर्षमा बीमाङ्क रकम दोव्वर हुन्छ भन्ने जस्ता भ्रामक कुरा गरेर बिमा गराउने गर्दछन् । यस्ता अभिकर्तालाई आफ्नो कम्पनीको बोनसदर पनि थाहा हुदैन । यसरी अभिकर्ताको विश्वासमा सर्वसाधरण जनताले बीमा गराउँछन् बीमा गराइसकेपछि जब बीमितले अभिकर्ताले भनेजस्तो ५, १० वा १५ बर्ष मा बीमाङ्क रकम दोब्बर नभएपछि बीमा कम्पनी माथी अविश्वास जाग्दछ । यसरी सर्वसाधारण जनताहरुको बीमा कम्पनी माथी अविश्वास जाग्नु भनेको भविश्यमा बीमा कम्पनी धरासायी हुनु हो ।

Prabhu
Crest

अभिकर्ताहरुको आफ्नो क्षणिक स्वार्थका कारणले आज बीमा कम्पनीहरु माथी सर्वसाधारण मानिसले धेरै प्रस्न उठाउने अवस्था आएको छ । बीमा कम्पनी माथी सर्वसाधारणको अविश्वास नआउन दिनको लागि बीमा कम्पनीहरुले आफ्नो अभिकर्ताहरुलाइ पुर्ण रुपमा बीमा सम्बन्धि ज्ञान र आफ्नो कम्पनीको पोलिसीको पुर्ण जानकारी नगराइ अभिकर्ताको लाइसेन्स दिन रोक्नुपर्दछ ।

कम्पनीहरुले आफ्नो कार्यक्षेत्र बढाउने लोभमा आज बीमा सम्बन्धि ज्ञान नभएका जोसुकै मानिसलाइ अभिकर्ताको लाइसेन्स दियो भने भोलिका दिनमा यसले बीमा क्षेत्रामा निकै ठुलो असर पर्ने देखिन्छ । बीमा क्षेत्र माथी सर्वसाधारणको अविश्वास पैदा भइ भविष्यमा बीमा क्षेत्र नै संकटमा पर्ने अवस्था आउन पनि सक्दछ । अभिकर्ताले पनि आफ्नो क्षणिक स्वार्थको लागि सर्वसाधारणलाई गलत सूचना दिई बीमा गराउने परम्परा बसाल्नुभयो भने बीमा क्षेत्रका साथै समाजमा तपाईहरु माथी पनि ब्यक्तिगत अविश्वास पैदा हुने बाताबरण सृजना हुन्छ ।

यसरी बीमा क्षेत्रको सर्वसाधारण मानिस माथी विश्वासको वातावरण सृजना गर्नको लागि बीमा कम्पनीले आफ्ना अभिकर्तालाई बीमा सम्बन्धि पुर्ण ज्ञान नदिइ लाइसेन्स दिने परिपाटी रोक्नुपर्दछ । अभिकर्ताले पनि आफ्नो क्षणिक स्वार्थलाई त्यागेर बीमा क्षत्रको सम्पुर्ण जानकारी लिइ मात्र बजारमा बीमाको वास्तविक तथ्यगत सुचना दिई बिमा गराउने परम्परा बसाल्नुपर्ने आवश्यक छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS